कोरोनाको उपचारमा एकै व्यक्तिले ११ लाख डलर अर्थात १४ करोड नेपाली रुपैयाको बिल हातमा परे पछि……..

कोरोनाको उपचारमा एकै व्यक्तिले ११ लाख डलर अर्थात १४ करोड नेपाली रुपैयाको बिल हातमा परे पछि……..

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

वासिङ्टन, ३२ जेठ । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं ।

तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो ।

एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर ९करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ को थियो ।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ ।

मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् ।

उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी