नागरिकलाई कोरोनाबाट बच्न क्लोरिन झोल खान सल्लाह दिने पेरुका डाक्टर बर्खास्त

नागरिकलाई कोरोनाबाट बच्न क्लोरिन झोल खान सल्लाह दिने पेरुका डाक्टर बर्खास्त

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी जेष्ठ ३२ । नागरिकलाई कोरोनाबाट बच्न किटाणु नाशक क्लोलिनडाई अक्साईड, ब्लीच जस्ता चीजहरु पिउन सुझाव दिने पेरुका एक जना डाक्टरलाई सरकारले बर्खास्त गरेको छ ।
बिबिसीका अनुसार डा. आमीलकार वाकावारीले पेरुको दक्षिणी प्रान्त आयाईचोमा त्यसतो सल्लाह दिएको भेटिए पछि बर्खास्त गरिएको हो ।
यो क्लोरिन झोल प्राय उद्योगहरुमा सरसफाई र किटाणु नाश पार्न प्रयोग गरीन्छ ।
उनी त्यस प्रान्तका कोरोना रेस्पोन्स टिमका पनि प्रमुख रहेको बताईएको छ ।
क्लोरिन केमिकल मानिसको स्वास्थ्यका लागि घातक हुने मानिन्छ ।
डा. वाकावारीले पत्रकार सम्मेलनमै कोरोना संक्रमितलाई क्लोरिन दिए पछि सुधार देखिएको बताउनासाथ त्यस प्रान्तका गर्भर्नरले त्यो उनको निजि बिचार भनेका थिए ।
त्यसको केही घण्टा बित्न नपाउदै गभर्नर कार्लोस रुआले उनलाई बर्खास्त गरेको बिबिसीले उल्लेख गरेको छ ।
पेरुपमा एक लाख ६० हजार बढी कोरोना संक्रमित फेला परीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी