आजको आकर्षण कौशीखेती

आजको आकर्षण कौशीखेती

  • बिहिबार, जेष्ठ २९, २०७७
  • सृष्टि अर्याल

  • 34.4K
    SHARES

खेती बढ्दो सहरीकरण,खाली जमिनको अभाव र तरकारी तथा फलफूलको उच्च मूल्यले गर्दा उपभोक्ताको दानिकीमा असर परिरहेको छ।बिचौलियाले गर्दा कृषकहरूले सुलभ दरमा तरकारी तथा फलफूल बिक्री गरे तापनि उपभोक्ताहरूले दोब्बर भाउ तिर्नु परेको छ। कृषिमा विभिन्न आधुनिक प्रविधिहरू भित्रिरहेका छन्।

पहिले जस्तो जमिनको अभावले गर्दा तरकारी तथा फलफूल उत्पादन गर्न बाट अब बन्चित हुन पर्दैन। जोस जागर भएमा घरको कौशी मै तरकारी फलाउन सकिन्छ,जसलाई कौशी खेति भनिन्छ। घरमै कौशी ,छत र घाम लाग्ने भित्ताको प्रयोग गरेर तरकारी ,टमाटर सागपात,लहरेवाली(लौका,घिरौला,सिमी,फर्सी) र मसलाजन्य वस्तु (धनिया,खुर्सानी,प्याज,लसुन) फलाउन सकिन्छ। कौशी खेतिका लागी गमला,बोरा,थोक्रा जर्किन,प्लास्टिकका बोतल,अथवा छत मै निश्चित ठाउमा माटो भरेर तरकारी लगाउन सकिन्छ।कौशी खेति कम खर्चिलो र सजिलैसँग हुने भएकाले सानो परिवारको लागी निकै उपयोगी भएको पाइन्छ।

कोशी खेतीमा लगाइने तरकारी जस्तै लौका ,काक्रो,फर्सी ,टमाटर आदिमा तिन पुस्ता कटिगं विधिबाट उत्पादन अझै बढाउन सकिन्छ।कौशी खेतीमा तरकारी मात्र नभई फलफूल पनि लगाउन सकिन्छ, जस्तै युरेका जातका कागति,चाइना ओरेन्ज, फिन्गर लेमन, ड्रागन फ्रुट , नासपाति अम्बा आदि। उचित बजार व्यवस्थापन र भण्डारको अभावका कारण तरकारी तथा फलफूलको गुणस्तरमा देखिएका समस्या र अर्कोतिर किटनाशक औषधी,रसायनिक मल र विषाधीको उच्चतम प्रयोग गरी उब्जाएका तरकारी तथा फलफीलको उपयोगले गर्दा उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको छ। यस्को अवस्थामा घरमा विशेष गरी भान्साबाट निस्किने तरकारीको बोक्रा(अदुवा,लसुन,प्याज),सागपात,र फालिएको खानाको सदुपयोग गरी कम्पोस्ट मल बनाइ कौशी मै अर्गानिक तरकारी उत्पादन गर्न सकिन्छ। जसले गर्दा शहरी क्षेत्रमा दैनिक रूपमा फोहोर सकंलन गर्ने गाडि नआउदा पनि समस्या पर्दैन।

परिवारको इच्छाअनुसार स्वच्छ ,ताजा एवंम अर्गानिक तरकारी र फलफूल आपुर्ति गर्न सकिने, दैनिक रूपमा तरकारी तथा फलफूल किन्नरो लागि पैशा र समयको बचत हुने,भान्सामा निस्कने कुहिने फोहोर मैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण गर्न सकिने,शहरी क्षेत्रमा हरियाली कायम गरी स्वच्छ हावा सेवन गर्न सकिने सँगै शारीरिक तथा मानसिक रूपमा फुर्तिलो बनाउने हुदा कौशी खेति आजको आकर्षण बन्न पुगेको छ।

नोट:कौशीमा तरकारी फलाउदा विशेष गरी २ कुरामा ध्यान दिनुपर्छ। १.उचित भाडोको छनोट २.माटोको छनोट प्रयोग गर्ने भाडो र माटो दुवै सकेसम्म कम वजनको हुनुपर्छ। भाडो जति ठुलो हुन्छ त्यसमा माटो पनि धेरै खपत हुने हुदा कैशीमा भार पर्न जान्छ।कौशी खेती गर्ने समयमा घरको संरचनामा निकै ध्यान पुराउनु पर्छ।

लेखक-कृषि तथा पशु विज्ञान अध्ययन संस्थान,पक्लिहवा,रूपन्देहीमा अध्ययनरत विद्यार्थी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी