विशाल बहुउद्देश्यीयद्धारा कृषि उत्पादन र खरीद विक्री केन्द्र स्थापना गर्ने

विशाल बहुउद्देश्यीयद्धारा कृषि उत्पादन र खरीद विक्री केन्द्र स्थापना गर्ने

  • बुधबार, जेष्ठ २८, २०७७
  • रबिन्द्र यादव

  • 8.3K
    SHARES

नवलपरासी पश्चिम २८ जेठ / नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकामा रहेको विशाल बहुउद्देश्यीय सहकारीले कृषि उत्पादन र खरीद विक्री गर्ने भएको छ । कृषि उत्पादनको लागी बर्दघाट ९ मा रहेको ४५ कठ्ठा जमिन ५ वर्षका लागी लिजमा लिएर तरकारी खेति उत्पादनका लागी फिल्ड तयार गर्ने काम अहीले चलिरहेको विशाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विनोद खनालले बताउनु भयो । उहाका भन्नुहुन्छ (ॅ अहीले कृषि उत्पादनमा सुरुवाद गरी यसलाई विस्तार गर्दै दुग्ध व्यवसाय र कृषि खरीद बिक्रि केन्द्रको रुपमा अगाडि बढाइने छ । हरेक शेयर सदस्यले आफ्नो घरमा गरेका उत्पादनहरुलाई बजारसम्म पुर्याउने काम सहकारी मार्फत गर्ने र शेयर सदस्यहरुलाई कृषि उत्पादन र बजारीकरणमा जोड्ने रणनितिका साथ अगाडि बढेका छौं ।’
प्रदेश नम्बर ५ अन्तगत रहेको भुमी व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय र विशाल सहकारीको संयुक्त लागानीमा कृषि उत्पादन गर्ने लागीएको हो ।

जसको अनुमानित लागत ३५ लाख २७ हजार ३ सय २५ रहेको छ । जस मध्य प्रदेश ५ अन्तगत रहेको भुमी व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालयले ५० प्रतिसत हुन आयने रकम अनुदान स्वरुप सहकारीलाई दिने छ , भने बाकि ५० प्रतिशत रकम विशाल सहकारीले नै लगानी गर्ने खनालले बताउनु भयो । प्रदेश सरकारसंग २०७७ बैशाख ३ गते संम्झौता भइ फिल्ड तयारी गर्ने काम चलिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी