भाईबरमा एक साथ २० जना सम्म कुरा गर्न मिल्ने सुविधा

भाईबरमा एक साथ २० जना सम्म कुरा गर्न मिल्ने सुविधा

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौ जेष्ठ २६। लकडाउन पछि बढ्दो ईन्टरनेट र सामाजिक सञ्जालको प्रयोगमा बृद्धि भएसगैँ भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारू गरेको छ । यस बाट अनलिमिटेड अवधि सम्म २० जना सम्मले एक साथ भिडियो कल गर्न सक्नेछन् ।
यसभन्दा अघि शुरू गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सामाजिक दूरीको नियम र मानिसहरूमाझ समूहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै बनेको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरूदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरूहरूसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित प्रभावकारी अनलाइन मञ्च जरूरी भएको छ ।

मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरू जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरू र ग्रुप भ्वाइस कलहरूका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो, विज्ञप्तिमा भनिएको छ ।

ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरूमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरूले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न सकिने छ साथै प्रयोगकर्ताहरूले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सक्नेछन् । कलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरूको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देश्यका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरूलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिलेभन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरूलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरू कुनै विकल्प छैन’ भाइबरका सिओओ अफिर एयालले बताए ।

यो ग्रुप भिडियो कल सञ्चालन गर्न https://vb.me/91fc80 मा जानुपर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी