यी अमेरीकी विवादीत महिला सिंथिया जो पाकिस्तानी प्रधानमन्त्री खानले समेत आफू सँग सेक्स गर्न चाहेको जिकिर गरिन्…..
एजेन्सी जेष्ठ २५ । एक अमेरीकी महिला सिंथिया डि रेचीले पाकिस्तानका एक जना पूर्व गृहमन्त्रीमाथि बलात्कारको आरोप लगाए पछि अहिले संसारका मिडियामा खबर छाईरहेको छ । उनी लामो समयदेखि पाकिस्तान प्रेमी, एडभेन्चरीष्ट र फिल्म निर्माता भन्दै ईस्लामाबादमा रहदै आएकी छिन् ।
पाकिस्तानलाई प्रेम गर्ने भन्दै लामो समयदेखि ईस्लामाबादमै बसेकी र पाकिस्तानी पिपल्स पार्टीका नेताहरुसगँ राम्रो सम्बन्ध बनाएकी सिंथियाले पूर्व गृहमन्त्री रहमान मलिकमाथि बलात्कारको आरोप लगाएकी थिईन् ।
रहमान मलिक भूतपूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या हुनुअघि उनका सुरक्षा ईन्चार्ज थिए । तर तिनै मलिकलाई पछि प्रधानमन्त्री असिफ अलि जर्दारीले गृहमन्त्री बनाएका थिए ।
तीनै महिला सिंथियाले पाकिस्तानका बर्तमान प्रधानमन्त्री ईमरान खानले पनि आफूसगँ सेक्स गर्न खोजेको कुरा आपूलाई बताएको पत्रकार तथा सिंथियाकी साथी रहेकी पाकिस्तानी महिला अलि सलिम ( बेगम नवाजिश)ले दाबी गरेकी छन् ।
उनीहरु दुबै जना केही समय सगँै अपार्टमेन्टमा रहने गरेका थिए ।
हत्या गरिएकी भूतपूर्व प्रधानमन्त्री भुट्टोका बारेमा समेत आपत्ति जनक टिप्प्णी गरेर विवादमा परेकी तिनै सिंथिया शूरुमा पाकिस्तान पिपल्स पार्टीका नेताहरुस्गँ राम्रो सम्बन्ध बनाए पनि पछि सम्बन्ध बिग्रिए पछि पिपिईको बिरुद्ध उभिएकी थिईन् ।
त्यस पछि उनीमाथि विभिन्न मुद्धाहरु दर्ता भएर पाकिस्तानी संघयि जाँच एजेन्सीले अनुसन्धान गरीरहेका बेला उनले बलात्कार र यौन सम्बन्धि नयाँ आरोप लगाएकी हुन् । उनीमाथि रहमान्ले सन् २०११ मा बलात्कार गरेको दाबी सिथियाको छ ।
धेरैले यसलाई आफू अनुसन्धान र कार्बाहीबाट जोगिन उनले आरोप लगाएको अर्थमा पाकिस्तानमा चर्चा भईरहेको छ । उनले पाकिस्तान आफ्नो दोस्रो घर भएको समेत बताएकी छन् । उनी दश बर्षदेखि पाकिस्तानमा रहदै आएकी छन् ।
उनले ट्वीटरमा भिडियो सन्देश नै जारी गरेर यो आरोप लगाएकी छन् ।