एजेन्सी जेष्ठ १८ । कोरोाना सबै भन्दा शुरुमा फैलिएको चीनले नै कोरोना विरुद्धको भ्याक्सिन परीक्षण र उत्पादनमा शुरुदेखि नै अग्रसरता देखायो । केही दिन अघि सम्म गरिएको तेस्रो चरणको परीक्षण पनि लगभग सफल भएको घोषणा गरिएको थियो ।
संसारमा बेलायत, अमेरीका, रुस, भारत , जर्मन लगायतका मुलुकले समेत भ्याक्सिन निर्माणमा लगातार प्रयास गरीरहेका छन् ।
तर चीन सबै भन्दा अगाडी देखिएको छ । उसले बादर हुदै अहिले मान्छेमा समेत तीन चरणको परीक्षण सफल बनाएको छ ।
पछिल्लो समय तयार भएको भ्याक्सिन करीब २ हजार मानिसमा दिईएको बिबिसीले उल्लेख गरेको छ ।
चीनको एसेट्स सुपरविज़न एंड एडमिनिस्ट्रेशन कमिशनले शनिबार सामाजिक सञ्जालमा आधिकारीक पोष्ट गर्दै यसै बर्षको अन्त्य सम्ममा अर्थात ६ महिना पछि कोरोना बिरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने घोषणा गरेको छ ।
वुहान इंस्टिट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र बीजिंग इंस्टिट्यूट ऑफ बायोलोजिकल प्रोडक्टसको तर्फबाट तयार पारिएको भ्याक्सिन २ हजार मानिसमा परीक्षण गरिएको जनाईएको छ । चीनीया सामाजिक सञ्जाल वि च्याटमा यो पोष्ट गरिएको थियो ।
त्यसमा उल्लेख गरिए अनुसार यसै बर्षको अन्त्य सम्ममा या ढिलोमा अर्को बर्षको शुरुवातमै भ्याक्सिन बजारमा आउने बताईएको छ ।
उता रुसले पनि तयार पारेको भ्याक्सिन क्लिनिकल ट्रायल शुरु हुन लागेको जनाएका ेछ भने अमेरीकाले पनि लगातार परीक्षण गरीरहेको छ ।
कोरोना बिरुद्ध भ्याक्सिनको कहिले आविष्कार होला, बजारमा आउला र कोरोनाबाट जोखिम हट्ला भन्ने चिन्ता बढीरहेका बेला भ्याक्सिनको होडबाजी पनि तीव्र बनिरहेको छ ।