इन्डोनेसियाका सुरक्षामन्त्रीले भने– कोरोना पत्नी जस्तै हो नियन्त्रण गर्नै सकिन्न, यससँगै जीउन बानी पार्नुपर्छ !

इन्डोनेसियाका सुरक्षामन्त्रीले भने– कोरोना पत्नी जस्तै हो नियन्त्रण गर्नै सकिन्न, यससँगै जीउन बानी पार्नुपर्छ !

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी, १६ जेठ । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोवि १९) लाई श्रीमतीसँग तुनाला गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ मंगलवार अनलाइन मार्फत संम्बोधन गर्दै मन्त्री एमडीले कोरोना भाइरसलाई ‘विद्रोही पत्नीहरु’सँग तुलना गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

उनले सामाजिक रुपमा यससँग नडराउन पनि आग्रह गरे ।
मन्त्रीको विवादास्पद अभिव्यक्ति सार्वजनिक भएपछि चौतर्फि बिरोध र आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् ।

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी