कोरोना भाइरस भाइरसहरूको एक ठूलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ । केहिले व्यक्तिलाई संक्रमित गर्दछन । चिसो देखी लिएर अधिक गम्भिर रोगहरूका सिकारी हुन सहयोग गराउछन् जस्तै:मध्यपूर्व रेस्पिरेटोरी सिंड्रोम(SARS) र (MERS)।कोरोना भाइरस २०१९( कोभिड -१९) डिसेम्बर २०१९ देखी वुहान हुबेही प्रान्तमा भएको भाइरल निमोनिया प्रकारको समुहलाई जनाउछ।मेनल्यान्ड स्वास्थ्य अधिकारिहरूको अनुसन्धान अनुसार कोरोना भाइरस एक नोबेल कोरोनाभाइरस प्रसारण प्रणाली हुन पाएको छ।अधिकतम ज्वरो, अस्वास्थता , सुक्खा खोकी र सास फेर्न गाह्रो हुने लक्षण देखापरेका छन्। प्रशारणको मुख्यमोड स्वासप्रश्वासको थोपाबाट हुन्छ, संपर्कबाट पनि सर्न सक्छ। उसो त विश्व रोहिरहेको अवस्थामा नेपाल पनि चोखो रहेन।
नेपाल एक कृषि अर्थतन्त्र भएको देश हो। दैनिक कृषि तथा व्यवसायिक रूपमा कृषि पेसा अंगालेका कृषि उद्धमीहरूको संख्या बढी छ ।कृषि क्षेत्रबाट कुल ग्राह्यस्थ उत्पादनमा२७ % योगदान पुराउछ भने करिब ६५% जनता कृषिक्षेत्रमा संलग्न छन्।कृषि क्षेत्रमा पर्याप्त मात्रामा प्रविधि तथा विज्ञानको प्रयोग नहुनाले नेपालको कृषि प्रणाली श्रम गहन अडिएको छ।विगत २महिनादेखी भइरहेको लकडाउन निषेधाज्ञाले गर्दा व्यवसायिक किसान मार्कामा परेका छन्।
कारण वर्षे खेती धान बालीका लागी ब्याडमा धानको बिउ राख्ने समय बितिसक्दा पनि किसान खेतमा पुगीरहेका छैनन्।उसो त नेपालमा बिउ उत्पादन गर्ने निकाय सिमीत मात्रामा रहेका हुदा बाहिरी देशबाट आएका उन्नत जातको धानको बिउ बढी प्रयोग गरिन्छ । (हाल सम्म नेपालमा बिउ वितरण गर्ने २० ओटा प्राइभेट सिड कम्पनिको स्थापना भएका छन्।२७% प्रतिशत मात्र नेपाल सरकारले बिउ पुराउन सकेको छ।)फलस्वरूप लकडाउनले गर्दा बिउ आयातमा समस्या पर्न भै लोकल बिउ पनि किसान सम्म पुग्ने हो कि होइन चिन्तित छन् ।जसोतसो बिउ पाए पनि बिउ राख्नु अगावै २ पटक खेत जोत्न पर्ने हुदा उक्त स्रोत र साधनको (डिजल ,पेट्रोल , मल , ट्याक्टर आदि)अभावले किसान निकै चिन्तित छन्।यदि अहिले समय मै बिउ राखिएन भनि पछि चाहेर पनि किसानले धान रोप्न पाउने छैनन्।धान खेति गर्न नपाउदा खेत बाझै रहने र यसले कोरोनाको महामारीसँगै भोकपरीको संकट निम्त्याउने निश्चित छ। अर्को तर्फ ,यति बेला सिजन अनुसारका काक्रा, करेला ,घिरौला ,लौका ,टमाटर खेत बारीमा लटरम्म छन् ।

उचित बजार मूल्य र बजार बन्दका कारण प्रतिदिन हजारौ तरकारी सडेका छन् भने मघ्यस्तकर्ताले बढी फाइदा लिगीरहेका छन्। यति मात्र होइन एग्रोभेट बन्द तथा सामान सकिएका कारण किसानले तरकारी बारीमा गरिरहेका काम अन्तर्गत आवश्यक पर्ने प्लास्टिक, मलखाद ,डोरी , बिउ ,बिषादी पाइरहेका छैनन्। रोगकिरा प्रकोपको समस्याले गर्दा किसानले अबको सिजनमा खेति गर्ने नगर्ने अन्योलमा परेका छन्।
कोरोनाको यो विषम् परिस्थितिमा सिमित स्रोत त साधनको उचित प्रयोग गर्नु जरूरत छ ।स्थानिय रूपमा पाइने बिउलाइ कसरी प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ सम्बन्धित निकायले किसानसमक्ष जानकारी पुराउने पहल गर्नु पर्छ।यदि बिउ नै भएन भनी उत्पादन कसरी गर्ने ? अबको लकडाउन पछि बिउ उत्पादन क्षेत्रको समस्या समाधान गर्न सरकारले के कस्ता निती नियम लागु गर्नु पर्ला त? खुल्ला सिमाना तथा सरकारको कमीकमजोरीले गर्दा बर्षेनि भारतबाट आउने बिउको राम्रोसँग परशिक्षण गर्न नपाउदा कमसल र नक्कलि बिउ नेपालमा भित्रिएका छन्,( पोहोरसाल पनि मकै फलेन,धान पसाएन भनेर कृषक सडकमा उत्रिएको समाचार सुनिएको थियो।) त्यसैले आफ्नो देशको लागी आवश्यक पर्ने बिउ उत्पादन गर्न अब विशेष जोड दिनुपर्छ। कृषि देशको मेरूदण्ड भएकाले सम्बन्धित निकायको ध्यान समय मै कृषि क्षेत्रमा पुग्नु अति आवश्यक छ।

