कञ्चनपुर, १२ जेठ । विप्लव नेतृत्वकाे नेकपा कञ्चनपुरले कोरोना रोकथामका लागि बन्दाबन्दी लम्बीने भएकाले आत्मनिर्भर तर्फ उन्मुख हुन नागरिकलाई आब्हान र वास्तविक पीडितलाई राहत दिन सुझाव दिएको छ ।
नेकपा कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै वास्तविक पीडितलाई राहत दिन सुझाव दिएको हो । नागरिक र सरोकारवाला निकायलाई छुट्टाछुट्टै अपिल र ध्यानाकर्षण गराउँदै नेकपा कञ्चनपुरले राहत र लकडाउनलाई बाध्यात्मक परिस्थितको बोध गरिदिन अपिल गरेको छ ।
नेकपा कञ्चनपुरका सचिव रवि र इन्चार्ज सहदेवद्वारा हस्ताक्षरित विज्ञप्तीमा राहत वितरणमा अनियमितता भएको आरोप लगाईएको छ । भने दैनिक उपभोग्य समानको कालोबजारी बढ्दै गएकाले रोक्न ध्यानाकर्षण गराईदै आएको र नरोके कार्बाहीको चेतावनी दिईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline