चैते धानमा रोग लागेपछि किसान चिन्तित

चैते धानमा रोग लागेपछि किसान चिन्तित

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

भरतपुर, ११ जेठ । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी हुनुभएको थियो तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन । बाला लाग्ने बेलामा रोग देखिएपछि उहाँ चिन्तित हुनुहुन्छ । “केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । अहिले फूल खेल्न नपाउँदै झर्न थालेको छ । केही ठाउँको धानमा कालो टाटा देखिएको छ”, धरेलले भन्नुभयो, “यसका लागि हामीलाई प्राविधिकको खाँचो छ ।” कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उहाँले सुनाउनुभयो ।

उहाँको मात्र होइन, पूर्वी चितवनका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन् । अहिले गुणस्तरीय बीउ, प्राङ्गारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको धरेलले बताउनुभयो । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।

सो क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । “अहिले पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको छ”, कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भन्नुभयो, “तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ ।” चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ । अहिले चैते धान झुल्ने बेला हो । विशेषगरी हर्दिनाथ एक र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताउनुभयो ।

यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको छ । हर्दिनाथ एकभन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन् । त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ एक जातको धान रोप्दै आएका छन् । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको वडा नं ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पु¥याएको बताउनुभयो । नगरकै वडा नं १३ का केही स्थानमा पनि रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन”, उहाँले भन्नुभयो, “सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी