मानवजातिकै लागि खुसीको खबर, चीनले मानिसमा परीक्षण गरेको कोरोना भ्याक्सिन सफल

मानवजातिकै लागि खुसीको खबर, चीनले मानिसमा परीक्षण गरेको कोरोना भ्याक्सिन सफल

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 53.8K
    SHARES

चीनले कोरोना बिरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको छ । लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि एक सय ८ जना प्रोढहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ । यसले कोरोना बिरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको छ ।  यो कोरोना महामारीबाट प्रताडित मानवजातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ, लेनसेटले लेखेको छ ।
अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भईसक्ने लेनसेटले उल्लेख गरेको छ । कोविड विरुद्ध यसले पैदा गर्ने ईम्युनिटिले कति सम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवस्यक परेको लेनसेटको बिज्ञप्तिमा उल्लेख छ ।

यो सुरक्षित ईम्युनको विकासले कोरोनाबाट सत प्रतिसत सुरक्षित गर्न सक्ने वा नसक्ने अझै केही समय थप परीक्षणमा लाग्ने उल्लेख गरिएको छ ।

चीनीया जनमुक्ति सेनाकी प्रोफेसर वेई चियनको नेतृत्वमा यो भ्याक्सिन तयार भएको सिनह्वाले लेखेको छ ।  यी खोपहरुबाट सबैमा सकारात्मक असर देखिएको जनाईएको छ ।

 

लेनसेटको विज्ञप्तिमा आधरीत भएर चीनीया समाचार संस्था सिनह्वाले लेखेको विवरण

भ्याक्सिन उत्पादनमा लागेको चीनीया जनमुक्ति सेनाकी अधिकृत एवं प्रोफेसर चेन विको टोली ।

कोरोनाले शरीरको कमजोर कोशिका र प्रोटिनहरुमा हमला गर्ने भएकाले त्यसलाई रोक्न सक्षम र सुरक्षित भ्याक्सिन बनाउन जोड दिएको उनको भनाई छ ।

चीनले वुहानमा कोरोना फैलिए पछि कोरोना विरुद्धको भ्याक्सिन आविष्कारमा जुटेको थियो । शुरुमा केही जनावारमा , त्यस पछि केही युवाहरुमा र पछिल्लो चरणमा करीब एक महिना अघि एक सय ८ जना प्रौढ र बृद्धहरुमा यो भ्याक्सिन दिएको थियो । जसबाट ती मानिसहरुमा प्रतिरोधी क्षमताको बिकास भएको पाईएको हो ।
साथै लेनसेटले भनेको छ , यो भ्याक्सिन सबैका लागि उपलव्ध हुन अझ धेरै समय लाग्न सक्छ ।
हाल अमेरीका, बेलायत लगायत ३० भन्दा बढी देशले भ्याक्सिन परीक्षण गरीरहेका छन् । ती मध्य सबै भन्दा अग्रस्थानमा चीन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी