किसान ठग्दै कञ्चनपुरका एग्रोभेट, म्याद सकिएका औषधीदेखि बिउ किसानलाई भिराउँदा उत्पादन कस्तो होला ?

किसान ठग्दै कञ्चनपुरका एग्रोभेट, म्याद सकिएका औषधीदेखि बिउ किसानलाई भिराउँदा उत्पादन कस्तो होला ?

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • डम्मर राज भट्ट

  • 22.6K
    SHARES

कञ्चनपुर , ९ जेठ  । एग्रोभेटका उपभोक्ता अधिकाँस किसान नै हुन् । किसानले एग्रोभेटबाट औषधी, बिउ बिजन लगायतका बस्तु खरिद गरेर कृषिकार्यमा लगाउँछ ।

कृषि समाग्री एव कृषिजन्य बस्तु तथा सेवा दिदै आएका कञ्चनपुरका एग्रोभेटले लकडाउनको मौकाछोपी किसानको ढाडमात्रै सेकिरहेका छैनन,नागरिकको स्वास्थ्यमा खेलवार्ड गर्नुका साथै उत्पादन ह्रासमा भूमिका निर्वाह गरिरहेका छन् ।

लकडाउनको मौकामा यस अघि बिक्रि नभएका म्याद गुज्रिएका औषधीदेखि बिउबिजन दिईरहेका छन् । अन्य व्यवसायिक क्षेत्र जस्तै केही एग्रोभेटमा म्याद सकिएका बस्तु बिक्रि वितरण भईरहेको किसानबाट गुनासो आएपछि जिल्ला स्थित संयुक्त सरकारी निकायले एग्रोभेटको समेत अनुगमन गरेको छ ।

अनुगमनमा क्रममा केही बाँहेक अधिकाँस एग्रेभेटमा म्याद सकिएका औषधीदेखि बिउबिजन बिक्रि वितरण गरिएको भेटिएको अनुगमन टोलीले जनाएको छ । संयुक्त अनुगमन पश्चात घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको छ । घरेलुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कञ्चनपुरका एग्रोभेट किसान ठगिरहेका मात्रै छैनन् । कि उनीहरुले म्याद सकिएका औषधी बिउबिजनदेखि अन्य बस्तु किसानलाई भिडाउँदा उत्पादनसंग समेत खेलवार्ड गरिरहेका छन् । घरेलुको प्रतिवेदन अनुसार महेन्द्रनगरको एस.बि.के एग्रो सप्लार्यसमा म्याद नाघेका बिउ बिजन र विषादी रहेकोले भेटिएका छन् ।

बिउबिजन बिक्रि गर्ने अनुमति पत्र नभेटिएकाले प्रमाण पत्र सहित आवश्यक लिएर जिल्ला प्रशासनमा उपस्थिति हुन निर्देशन जारी गरिएको छ । महेन्द्रनगरकै महाकाली सप्लायर्स एण्ड फर्टिलाईजर्समा म्याद सकिएका विषादी भेटिएका छन् । मुल्य सुचि नभएको, बिउ बिजन बिक्रेताको प्रमाण पत्र नभएकाले सात दिन भित्र घरेलु कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरिएको छ । कृष्णपुर नगरपालिका २ वाणीको बिर बेताल भेट फर्ममा म्याद नाघेका विषादी भेटिएका छन् । म्याद नाघेका विषादी जफत गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका १० झलारीको डि। के एग्रोभेटमा म्याद नाघेका समाग्री भेटिएका छन् । बेदकोट नगरपालिका ३ दैजीको जोशी एग्रोभेटमा म्याद नाघेका समाग्री भेटिएका छन्, बिउबिजन र विषादी बिक्रेता प्रमाण पत्र नविकरण नभएको र बल बिक्रेताको प्रमाण पत्र नभएको पाईएको छ । म्याद सकिएका समान जफत र बिउ विजन, विषादी प्रमाण पत्र नवीकरण गर्ने र मलबिक्रि अनुमति पत्रको लागि आवश्यक प्रकृयामा जान निर्देशन दिईएको छ ।
दैजीमै रहेको शाही पञ्चकोशी डेन्टल९शाखा०मा म्याद नाघेका औषधी भेटिएका छन् । कृष्णपुर नगरपालिका ५ गुलरियाका डेबिट एग्रोभेट, भूमिराज एग्रोभेट र बिस्ना भेट सेन्टरमा कुनै कैफियत नदेखिएको र उनीहरु नियमबद्ध संचालनमा रहेको अनुगमन टोलीले जनाएको छ । कञ्चनपुरका किसानले सोझासाझा किसानलाई म्याद गुज्रिएका औषधी, बिउबिजन भिडाउँने जुनसुकै एग्रोभेटलाई पनि कानुनी दायमा ल्याउनुपर्ने माग अघि सारेका छन् ।

बेदकोट नगरका स्थानीय किसान राजुराम सार्कीले म्याद गुज्रिएका औषधी खुलेयाम बिक्रि वितरण हुँदा पनि सम्न्धीत निकायले वेवास्ता गरेको बताए ।‘म्याद गुज्रिएका औषधी भिडाएको बारे सबै किसान जानकार हुँदैन, ‘उनले भने, ‘जब बालीनाली फल्दैन, तब मात्रै गलत औषधी र बिउबिजन भिडाएको थाहा हुन्छ ।’ महामारीका बेला किसानलाई मात्र नभई देशलाई नै महासंकट निम्तिएको छ ।‘एकातिर किसान ठगिए, अर्कातिर उत्पादन भएन, ‘उनले भने, ‘भोकमरीको खतरा जो देशलाई नै घाटै घाटा हुन्छ ।’

कालोबजारी गर्ने, किसान ठग्ने जो सुकैलाई पनि ठाँउको ठाँउ कार्बाही गर्नुपर्ने बताउदै उनले उत्पादन बृद्धि र गुणस्तरका बस्तुका लागि म्याद भएको औषधी बिक्रि वितरणको वातावरण सिर्जना गर्नुपर्ने बताए । संयुक्त अनुगमन टोलीका तर्फबाट घरेलु तथा साना उद्योग कार्यालयबाट गएका बेद प्रकास चौधरीले एग्रोभेटबाट म्याद सकिएका समान जफतका साथै घरेलु र प्रशासनको ७दिनभित्र आवश्यक कागजपत्र ल्याएर आउन निर्देशन दिएको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले म्याद गुज्रिएका औषधी किसानले प्रयोग गर्दा बालीह्रास हुने बताए ।‘रोगसंग लड्ने क्षमता ह्रास हुन्छ, ‘उनले भने, ‘यसबाट उत्पादनमा कमि आउँछ ।’ लकडाउनका बेला प्रशासन लगायतका सरोकारवाला निकायसंग समन्वय गरेर बदमासी भईरहेको क्षेत्रमा अनुगमन गरेर कार्बाही प्रकृया अघि बढाईने उनले बताए । किसान ठगिदा आम नागरिक र देश नै ठगिने उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी