प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बुटवल, ८ जेठ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पु¥याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

बुटवलका १९ वटै वडामा उत्पादन हुने तरकारी तथा फलफूल र बुटवलसंँग जोडिएका छिमेकका पालिकामा उत्पादन भएका र त्यहाँका पालिकाबाट ताजा तरकारीको प्रमाणपत्र लिएर किसानले नै उपभोक्ताका घरटोलसम्म बिक्रीवितरण गर्न पाउने नियम बनाइएको छ । स्थानीय किसानलाई हौसला र उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले उपमहानगरले यस्तो कामको थालनी गरेको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

टोलटोलमा असुरक्षित तरिकाले जोकोही पनि अब हिंँड्न पाउने छैनन् । आफूले उत्पादन गरेको र सम्बन्धित पालिकाले प्रमाणीकरण गरेका ताजा उत्पादनलाई मात्रै सामाजिक दूरी कायम गराउँदै बिक्रवितरण गर्ने व्यवस्था गर्दा त्यसको सकारात्मक लाभ किसान र उपभोक्ता दुवैलाई पुग्ने प्रमुख सुवेदीको विश्वास छ ।

उपभोक्ताको जीउधन र स्वास्थ्यलाई ध्यानमा राखी गरिएको यसखालको निर्णय सकारात्मक रहेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ नं का अध्यक्ष तेजकुमार पाठकले कोरोना भाइरसको महामारीका बेला सुरक्षाको उपाय अपनाउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथिमकतामा राख्नु उचित भएको विचार राख्नुभयो ।

उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले तथा छिमेकका पालिकाको भए त्यहाँको पालिकाले जाँच गरेर योग्य छ भनी दिएको सिफारिसशका आधारमा मात्र बुटवलका टोलटोल र उपभोक्ताका घरघरमा डुलाएर बिहान ७ देखि १० बजेसम्म बिक्रीवितरण गर्न पाइने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताउनुभयो ।

बुटवलका किसानलाई पहिलो प्राथिमकतामा राखिए पनि सार्वजनिक सूचनाले अरु कुनै पालिकाले बिक्रीवितरण गर्न नपाउने भन्ने नियम नबनाइएको बरु सबैलाई उपभोक्ताको स्वास्थ्यमा थप जिम्मेवार एवम् संवेदनशील बनाउने काम गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी