स्थानीय प्रशासनको असहयोगले रेडियो संचालन गर्न कठीनाई भएकाे भन्दै साँचो बुझाउने चेतावनी

स्थानीय प्रशासनको असहयोगले रेडियो संचालन गर्न कठीनाई भएकाे भन्दै साँचो बुझाउने चेतावनी

  • बिहिबार, जेष्ठ ८, २०७७
  • राहुल गुप्ता

  • 7.4K
    SHARES

वीरगंज जेष्ठ ८  । पर्साबाट संचालित रेडियो संचालकहरुको बैठकले रेडियो संचालनमा स्थानीय प्रशासनले असहयोग गरेको भन्दै साँचो बुझाउने निर्णय गरेका छन् ।

रेडियो संचालनका लागि आवश्य पर्ने जनशक्ति आवतजावतमा स्थानीय प्रशासनले रोक लगाउँदा रेडियो प्रशारणमा नै समस्या परेको भन्दै रेडियोको साँचो बुझाउने निर्णय गरेका हुन् ।
यो महामारीका बेला आफ्नै ज्यानको बाजी राखेर भए पनि रेडियोले सचेतना फैलाउन उल्लेख्य भूमीका निर्वाह गरिरहेका बेला स्थानीय प्रशासनले रेडियो संचालनका लागि जनशक्ति आवतजावतमा रोक लगाउनु उपयुक्त नभएको भन्दै प्रशारण बन्द गरेर रेडियोको साँचो बुझाउने निर्णय गर्न बाध्य हुनुपरेको रेडियो वीरगंजका संचालक ध्रुव साहले बताउनु भयो ।

बैठकले भोलि बिहानसम्म स्थानीय प्रहरी प्रशासनको रबैयामा सुधार नआए भोलि साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा रेडियोको सम्पूर्ण प्रशारण बन्द गर्ने र पर्सि स्थानीय प्रशासनलाई चाबी बुझाउने निर्णय गरेको बैठकमा सहभागी ब्रोडकास्टिङ एशोसियशन बानका प्रदेश २ संयोजक आरसी यादबले बताउनु भयो ।
यस्तै सामाजिक दूरी कायम गर्दै न्यून जनशक्तिमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर बाहिरी आवतजावतलाई पनि रोक लगाईँदै रेडियो संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
अहिले पनि न्यून जनशक्ति र आवश्य सुरक्षा अपनाएर सबै रेडियोले प्रशारणको व्यवस्था मिलाएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको विशेष उपस्थितिमा बसेको बैठकमा ब्रोडकास्टिङ एशोसिएसन नेपाल ९बान० प्रदेश २ का संयोजक एवं रेडियो बिन्दासका संचालक आरसी यादब, सामूदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य एवं रेडियो तराईका संचालक अजय यादब, रेडियो वीरगंजका संचालक ध्रुब साह, पब्लिक एफ।एमका संचालक राजेन्द्र सिंह, आवाज एफ।एमका संजिव मिश्र, रेडियो सान्भीका प्रबन्धक नवराज फुयाल, भोजपुरिया एफ।एमका सुनिल खेतान, रेडियो समग्र मधेसका श्यामप्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी हुन नसके पनि आकास एफ।एमका अनुप तिवारी, रेडियो बिजय बस्तिका सन्तोष श्रेष्ठ, ईन्द्रेणी एफ।एमका बिनोद रौनियारले पनि बैठकको निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी