कन्चनपुर जेठ ८ । कोरोना भाईरस ९कोभीड १९० ले बिस्वलाई नै रूवाई रहेको छ । कन्चनपुरका किसानहरूले भने उत्पादन गरेको तरकारी खेतमै कुहीने अवस्था आएको छ । कन्चनपुरका किसानहरुको तरकारी कृषि ज्ञान केन्द्रको समन्वयमा तरकारीको बजार व्यवस्थापन थालिएको छ ।
लकडाउनका कारण जिल्लाभरी उत्पादन भएको तरकारी कृषकहरुले बिक्री गर्न नपाएको गुनासो पोखिरहेका बेला तिन दिनदेखि कृषि ज्ञान केन्द्रले खेतबारीबाट तरकारी संकलन र बिक्री वितरणको प्रवन्ध मिलाएको छ ।
“लकडाउनले कृषकहरुलाई बजार व्यवस्थापनको समस्या भएको थियो ।” कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्ट्ले भन्नुभयो–“बजारमा तरकारीको माग अनुसार कृषि ज्ञान केन्द्रका सहायक प्राबिधीक जनक राज सिंह र व्यवसायी बीरबहादुर बमले किसानहरूको बारीदेखी तरकारी उठाएर बजारसम्म पु¥याउने व्यवस्था गरेका छन् ।
कृषि ज्ञान केन्द्रले तरकारी बजारसम्म पु¥याउन समन्वय गरेको बताए ।
त्यसैगरी प्राविधिक सहायक सिंह र व्यवसायी बमले मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीबाट २५ क्वीन्टल तरकारी संकलन गरी भीमदत्तनगर बजारमा बिक्री वितरण गरेका छन् । कन्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ बेल्डाँडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ब्लक सञ्चालक समिति डेढ सय बिघामा तरकारी उत्पादन गरेको छ । प्राबिधीक सिंहले भन्नुभयो उक्त तरकारी उपभोक्ताको घर–घरमा पु¥याउने व्यवस्था हामीले मिलाएका छौं ।” वडा नम्बर ८ बेल्डाँडीका किसानहरुले कृषि ज्ञान केन्द्रबाट रु २५ लाख अनुदान र किसानहरूले द्दठ लाख ५० हजार आफ्नो रकम गरी करीब ५२ लाख ५० हजार बराबरको लगानिमा तरकारी उत्पादन गरेको बेल्डाँडीकी ब्लक सञ्जालक समिति अध्यक्ष मीना चौधरीले बताउनुभयको छ । उहाँले गाउँघरमा तरकारी खपत नहुने गरेको दुखेसो पोख्नुभयो छ।

“पहिले तरकारी कलुवापुर, झलारी,बाणी,गुलरिया,दैजी र गाउँघरमै बिक्री गथ्र्यौ ।” अध्यक्ष चौधरीले भन्नुभयो–“लकडाउनले गर्दा तरकारी बजार सम्म पु¥याउनै गाह्रो भयोको छ । त्यतै सिंहले भन्नुभयो बजारमा तरकारी दोब्बरले महंगो रहेछ । हामीले रु दश मा बिक्री गरिरहेको कांक्रा बजारमा रु ३० लिइरहेका समेत पाइयो ।”कृषकहरुले कांक्रा, लौकी, फर्सी, टमाटर, करेला, घिरैउला, बोडी, लगायतका तरकारी उत्पादन गरेका छन ।
एक दुई जना कृषकले बजारमा तरकारी ल्याएर बिक्री वितरण गर्न सक्ने अवस्था थिएन ।” सिंहले भन्नुभयो–“हामीले सामाजिक दुरी कायम गरी उपभोक्ताहरुको घरदैलो मै तरकारी पु¥याएका छौं ।”
उहाँले जिल्लामा ब्लक र पकेट क्षेत्रमा तरकारी उत्पादन गरेका किसानहरुलाई बिक्री वितरणमा सहजताका लागि आफूहरु खटिएको बताउनुभयो ।
“कोरोनाका बेला तरकारी उपभोगमा पनि विशेष ख्याल राख्नुपर्छ ।” सिंहले भन्नुभयो–“जथाभावी तरकारी खरिदबिक्रीले गर्दा कोरोना भाईरस संक्रमणको सम्भावना बढी देखीन्छ ।
