एजेन्सी जेष्ठ ७ । रुसमा एक जना नर्सले लामो ड्युटी परीरहेका कारण विकिनी देखिने गरी पारदर्शी पिपिई गाउन लगाएर उपचारमा खटिएको तस्वीर सामाजिक सञ्जालमा भाईरल बने पछि उनलाई अस्पतालले अनुशासनको कार्बाही गरेको छ । भाईरल बनेको उक्त तस्वीरमा एक जना बृद्धा बिरामी देखिन्छन् र उनी उपचारका लागि केही तयारी गर्दै गरेको तर उनी पारदर्शी पिपिईमा देखिन्छन् ।
कुनै एक बिरामीले उनको तस्वीर खिचेर सामाजिक सञ्जालमा हालिदिए पछि २४ घण्टा बित्न नपाउदै ब्यापक भाईरल बन्यो र अस्पतालले उनीमाथि ड्रेस कोड नियत तोडेको भनेर अनुशासनको कार्बाही गरेको रुसी संञ्चार माध्यमहरुले जनाएका छन् ।
यो घटना दक्षिणी मस्को तुला स्थित एक कोरोना अस्पतालको भएको बताईएको छ । जहाँ रहेको जिल्ला अस्पतालमा ती नर्स कार्यरत छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline