एजेन्सी जेष्ठ ७ । सैन्य प्रविधि र हतियारमा सबै भन्दा शक्तिशाली देश मध्य एक रुसले विश्वमै पहिलो पटक नयाँ चमत्कार गर्न सफल भएको छ ।
राष्ट्रपति भ्लादीमीर पुटिनको एउटा महत्वकाक्षी परियोजनाको रुपमा रहेको लक्ष्य अनुसार कित्रीम रोबोर्टले पहिलो पटक एसयु सुखोई ५७ फाईटर जेट उडाएको सरकारी समाचार संस्था आरआईएक नोवोस्तीले उल्लेख गरेको छ ।
यो सफताले अब विश्वलाई आर्टिफिसियल ईन्टेलिजेन्स हतियारको प्रतिस्पर्धामा लैजान सक्छ । यो विश्वमा सबै भन्दा पहिलो र सफल परीक्षण रुसले गरेको हो ।
रुसी रक्षा मन्त्री सरगेई सोईगुले भविष्मा किन ? अहिले नै यो वास्तविकता हो र धेरै उर्जाले भरिएको छ , आर्टिफिसियल ईन्टेलिजेन्सबारे उनले भने ।
रुसले अब भविष्यमा हुन सक्ने कुनै पनि युद्धमा पाईलट रहित रोबोर्टद्धारा सञ्चालित बम बर्षक बिमान र रोबोर्टबाटै फायर गर्ने हतियारहरुको प्रयोग गर्न सक्ने विज्ञहरुले औल्याएका छन् । रुसले केही बर्ष अघि पोल्याण्डको सीमानामा पाँच किलो मिटर टाढामा रोबोर्ट तैनाथ गरेको थियो । अति चिसोका कारण दोस्रो विस्व युद्दमा धेरै सैनिक मारिएको क्षेत्रमा रुसले रोबोर्ट तैनाथ गरेको हो ।
पाचौ जेनेरेसनको सुखोई ५७ स्टेल्थ फाईटर जेटले हावाबाट हावामा र जमिनमा आक्रमण गर्ने क्षमता राख्दछ । जुनसुकै मौसममा दिन होस् या रातको स्थितिमा पनि रोबोर्टले यो विमान उडान गराउछ ।
आर्टिफिसियल हतियारको प्रयोग विश्वमा शुरु हुने दिशामा गएको भन्दै यसका विरोधी अभियान्ता किलर रोबोर्टले यस्ता हतियारले विना मानवीय नियन्त्रण कैयौ मानिसको जीवनलाई नष्ट गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् ।
सैन्य प्रविधिका हिशाबले अमेरीका र रुस सबै भन्दा कडा प्रतिस्पर्धी हुन् । रुससगँ विश्वको सबै भन्दा धेरै परमाणु बम समेत रहेको छ ।