एजेन्सी जेष्ठ ६ । दक्षिण एशियामै कोरोनाको केन्द्र बनेको भारतको पश्चिम बंगाल राज्यमा कोरोनाको कहर बढेसगँै ५ सय नर्सले राजीनामा दिए पछि मुख्य मन्त्री ममता बनर्जी तनावमा परेकी छन् ।
पश्चिम बंगाल यस अघि नै आधारभुत स्वास्थ्य संरचनामा समस्यासगँ जुधिरहेका बेला बाहिरी राज्यबाट त्याहाँ कार्यरत ५ सय नर्स सामुहिक रुपमा पलायन भए पछि राज्यमा संकट बढेको हो ।
मणिपुर, मिजोराम, त्रिपुरा, उडिसा लगायतका राज्यबाट बंगालमा कार्यरत नर्सहरु पलायन भएको बताईएको छ ।
पश्चिम बंगालमा जम्मा ६८ वटा कोरोना उपचार अस्पताल बनाईएको छ जसमा ५२ वटा निजी क्षेत्रबाट छन् ।
सुरक्षा अभाव र गृहराज्यबाट सुविधा पाएकाले ती नर्सहरुले धमाधम काम छोडिरहेको हुन सक्ने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline