लालझाडीका किसानलाई ३२० क्न्टिल धानको बीउ वितरण

लालझाडीका किसानलाई ३२० क्न्टिल धानको बीउ वितरण

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • डम्बर राज भट्ट

  • 11.2K
    SHARES

कन्चनपुर, जेठ,६ । विश्वभरी कोरोना भाईरसको संक्रमणले मानिस त्रासमा छन् । नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । तर, कृषि उत्पादनको विषयलाई केन्द्रबिन्दुमा राखेर कृषि ज्ञान केन्द्रले कञ्चनपुर दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँ पालिकामा रहेका किसानहरूलाई २५० क्न्टिल धानको बिउ बिभीन्न् समुहहरूलाई खरीद गरी किसानलाई समयमै उपलब्ध गराउन आदेश दिएको कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट्ले बताए ।

सहकारी,समुह र स्थानीय तह मार्फत ज्ञान केन्द्रले अनुदानमा बीउ वितरण गरिरहेको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बर्खेबाली धानका लागि लालझाडी गाउँ पालिकालाई २५० क्न्टिल धानको बिउ वितरण गरिएको बताए । त्यतै लालझाडी गाउँ पालिकामा रहेको स्थानिय कृषि शाखाले पनि ७० क्न्टिल धानको बिउ किसानहरूलाई बितरण गरीएको स्थानीय कृषि शाखाकी पुजा कुमारी आग्रीले बताउनु भएको छ ।

उनका अनुसार कृषि ज्ञान केन्द्र र लालझाडी गाउँपालिकाको सहयोगमा जम्मा ३२० क्न्टिल धानको बिउ बितरण गरीएको बताए । बिभीन् समुख र सहकारी मार्फत किसानहरूलाई धानको बिउ बितरण गरीए हो । कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख भट्टका अनुसार कुनै पनि पालिका अथवा सहकारीले फम वा एग्रोभेटलाई धानको बिउ बेचेको पाईएमा कार्बाही गरीने र एग्रोभेटलाई सिल समेत गर्न सकीने बताए ।

लालझाडी गाउँ पालिका प्रमुख मदन बडाएकले भने गाउँपालिकाले कृषिमा बढी ध्यान दिईरहेको र कृषिका समस्याहरूलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी