उदयदेव सहकारीद्धारा किसानको घरदैलोमा धानको बीउ

उदयदेव सहकारीद्धारा किसानको घरदैलोमा धानको बीउ

  • शुक्रबार, जेष्ठ २, २०७७
  • डम्मर राज भट्ट

  • 10.5K
    SHARES

कञ्चनपुर,  जेठ  २ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको उदयदेव सहकारी संस्था द्धारा किसानको गर्दै घरदैलोमा धानको बिउ पुगाउने कार्यको थालनी गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस लाई नियन्त्रण साथै रोकथामको लागि सरकारले देशव्यापी रुपमा लगाइएको लक डाउनको समयलाई मध्यनजर गर्दै किसानको माग अनुसार धानको बीउ पुगाउने काम लाई तीव्रता दिएको छ।

किसानले गहुँ बाली भित्र्याउने काम सकेपछि अब बर्खा लाग्दै गर्दा धानबालीको लागि किसानको माग लाई आत्मसात गर्दै धानको बिउ आवश्यक पर्न गएको हुँदा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले लक डाउनमा ढुवानिको समस्यका बाबजुद पनि कर्मठ कर्मचारीहरु मार्फत घरदैलोमा धानको बीउ किसान आत्मानिर्भर बनाउन घर घरमा बिउ पुर्याउने काम भइरहेको संस्थाका प्रमुख गणेश चन्दले बताउनु भएको छ।

उनका अनुसार किसानहरु लाई ५० प्रतिशत अनुदानमा कृषकहरु को माग अनुसार कञ्चनपुर जिल्लाका सबै पालिका हरुमा धानको बिउ पुगाउने कार्य बैशाख २९ गते देखि सुरु गरिएको र कृषकको माग अनुसार बेलौरी नगरपालिकामा २१ कुन्टल ,शुक्लाफाँटाको झलारिमा १५ बोहरा ,भीमदत्त नगरपालिकामा २३ कुन्टल ,महाकाली नगरपालिकामा ७ बोरा दिएको छ । भने मनसुली धानको बीउ प्रती ३० किलो लाई प्रती बोरा ११ सय १० , मुल बीउका रुपमा रहेका हल्दिनाथ राधाचार लगायतको बिउ ३० किलोको बोरा लाई १ हजार ५० रुपैयाँ दरले सहुलियत दरले किसान लाई घरदैलोमा माग अनुसार बीउ दिने गरेको उनले बताएका छन् ।


किसानको माग अनुसार यो विषमप्रस्थितिमा कृषि ज्ञान केन्द्र ,कृषि सामग्री मलखात केन्द्रले किसानको माग अनुसार उपलब्ध गराउन नसकेको उदयदेवका कार्यालय प्रमुख चन्दले बताएका छन।

विषम परिस्थितिको समयमा खाद्यान्न देखी आर्थिक सहयोग गर्दै सामाजिक सेवामा पनि सकारात्मक कार्यको थालनी गर्दै आएको एक गैरसरकारी संस्था बहुउद्देश्यीय सहकारी हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी