जंगली जनावरबाट बालीनाली बचाउन तारवार लगाईएको हो: अध्यक्ष श्रेष्ठ

जंगली जनावरबाट बालीनाली बचाउन तारवार लगाईएको हो: अध्यक्ष श्रेष्ठ

  • शुक्रबार, जेष्ठ २, २०७७
  • दिपक चौरसिया

  • 15K
    SHARES

पर्सा २, जेठ । पर्सा जिल्लाको ठोरीस्थित नेपाल भारतमा सीमामा भारतीय जंगलबाट जनावर आउने र बालीनाली नष्ट गर्ने भएकोले तारबार लगाएको भए पनि सीमामा काँडेतार भने नलगाईएको गाउँपालिकाले शुक्रवार स्पष्ट पारेको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले नेपाल भारत सीमाको दशगजामा काँडेतार लगाएको भन्ने बिषयमा सत्यता नरहेको बताउदै भारतसँग सीमा जोडीएको उक्त क्षेत्रमा जङ्गली जनावार आउने गरेकोले तारबार गरिएको बताए । तारबार गरिएको हो तर सीमा अतिक्रमण रोक्नका लागि भने होइन उनले भने, यो हामीले मात्र गरेर हुने बिषय होइन । भारतीय जङ्गलबाट जनावर आएर बाली नष्ट गरिदिने भएकोले त्यसलाई रोक्न तारबार गरिएको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको भन्ने बिषय पनि सत्य नभएको उनले बताए । उनले जङ्गलबाट जनावर रोक्नका लागि तारबार लगाइएको बिषयलाई बढाई चढाई गरिएको हुन सक्ने बताए ।
उनले सीमा अतिक्रमण रोक्नका लागि तारबार लगाउन सके राम्रो हुने भए पनि यहाँ सीमा काँडेतार लगाएको भन्ने बिषयमा कुनै सत्यता नभएको बताए । सीमा अतिक्रमण रोक्न तारबार गर्ने बिषय राम्रो हो उनले भने, तर यहाँ जे उद्देश्यले तारबार गरिएको त्यो पो भन्नु प¥यो त, हुँदै नभएको कुरालाई किन बढाई चढाई गर्ने रु
यस्तै ठोरी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष सुर्य लामाले भने जङ्गली जनावर रोक्नका लागि काँडेतार लगाईएको भए पनि त्यसले सीमा अतिक्रमण रोक्नका लागि पनि सहयोग पुग्ने विश्वास रहेको बताए । सीमावर्ती भारतीय जंगलबाट जनावर आउने र बालीनाली नष्ट गर्ने भएकोले गाउँपालिकाले वडा नं ३ मा काँडेतार लगाउन शुरु गरिएको हो ।
आर्थिक बर्ष २०७४/०७५ देखी नै भारतीय जंगलबाट आउने जनावर रोक्नका लागि काँडेतार लगाउन शुरु गरिएको हो । गाउँपालिकाको बजेटमा दशगजा पिल्लर नं। ४३५÷१ देखि ४३१÷४ सम्म करीब ५ किलोमिटर क्षेत्रमा तारबार गरिसकेको छ । उक्त तारबार गर्नका लागि गाउँपालिकाले वडालाई ३ आर्थिक बर्षमा गरी ३३ लाख बजेट उपलब्ध गराइसकेको छ । यस्तै ठोरी गाउँपालीका वार्ड नम्बर २ र ३ को दोसाँधमा रहेका ठुटे खोलाको पुल बनेर तयारी भएकोे लगभग ३ बर्ष बितिसक्दा पनि भारतीय अभरोधका कारण अहिलेसम्म प्रयोगमा न आउनाले सिमानाका मा तारबार लगाउने हास्यास्पद रहेका समेत स्थानियबासीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी