कन्चनपुर, १ जेठ । भीमदत्त नगरपालिका ७ हल्दुखालको सिद्ध सामुदायिक वनमा पोखरी निर्माण कार्य सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको एक सामुदायिक वन एक पोखरी अभियान अन्तर्गत पोखरी निर्माण सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बिहिबार पोखरी शिलान्यास गरे । उनले वन्यजन्तुहरुलाई पानीको समस्या हुन नदिन नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान सुरु गरिएको बताए । वन क्षेत्रमा पानीको सतह सुकेको छ, वन्यजन्तुहरु मारमा छ्न, त्यसका लागि पोखरी निर्माण अभियान सुरु गरिएको छ उनले भने, यो अभियान अन्तर्गत सबै वनमा पोखरी निर्माण हुन्छ । सिद्ध सामुदायिक वनमा अभियान अन्तर्गत पोखरि निर्माण सुरु गरिएको उनले बताए ।
सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुहरुलाई पानीको सुबिधा हुने बताए । उनले भने, वनको उत्तरी क्षेत्र तालडाडामा एउटा पोखरी छ, अब यो पनि बन्छ, यसवाट जनावरलाई पानी खान सजिलो हुन्छ । पोखरी निर्माणका लागि ९ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५ सय बढी घरधुरी छ्न । यस अघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

भीमदत्त नगरपालिकाको पाचौ नगर सभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो । भीमदत्त नगरपालिकाको उतरी क्षेत्रमा ८ सामुदायिक वन छ्न।