कोभिड–१९ को प्रभाव र समाधानको वैज्ञानिक उपाय खोजी गरिने

कोभिड–१९ को प्रभाव र समाधानको वैज्ञानिक उपाय खोजी गरिने

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ ।

‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन ९नासा०, युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी ९इसा० तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी ९जाक्सा० द्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खोजीको ४८ घण्टे अवधिमा, विश्वभरिका सहभागीले भर्चुअल टोली सिर्जना गर्नेछन् । कोभिड–१९ महामारीसम्बन्धी मुद्दाको समाधान गर्न पृथ्वी अवलोकनसम्बन्धी तथ्याङ्क प्रयोग गरिने जनाइएको छ ।

कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीलाई आह्वान गरिएको उहाँले बताउनुभयो । वैज्ञानिक खोजको चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्याङ्कलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञलाई सोसाइटीले आह्वान गरेको छ ।

अन्तरिक्षबाट प्राप्त तथ्याङ्कका आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन, स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधान, कोभिड–१९ को पृथ्वी प्रणालीमा प्रभाव, कोभिड–१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र समाधानको अवस्थाका बारेमा पनि खोजीका क्रममा अध्ययन गरिनेछ ।

कार्यक्रमका लागि वैशाख ३० गते विश्वव्यापीरुपमै दर्ता खुला गरिने जनाइएको छ । नेपालमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० ले इनोवेट नेपाल समूह ९आइएनजी० सँगको सहकार्यमा गत वर्षदेखि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ गर्न थालेको हो । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासा नासो कार्यालयमा सम्पर्क गरी लिन सकिने सोसाइटीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी