बैशाख २४ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाले मृत्यु भएका मानिसहरुको बारेमा सोच्दा सोच्दै आफू रातभर सुत्न नसक्ने बताएका छन् ।
एबीसीलाई दिएको एउटा अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले आफू भन्दा कडा रुपमा यसलाई सोच्ने अरु नभएको पनि जिकिर गरेका छन् ।
जसले आफन्तहरु गुमाएकाहरुलाई म प्रेम गर्छु, ट्रम्पले भनेका छन् ।
साथै उनले ६० बर्ष भन्दा बढी उमेरका नागरिकलाई सुरक्षित गर्न खोजिरहेको पनि बताएका छन् ।
उनले हामी प्रेम गर्छौ, हामी तपाईहरुसगैँ छौ र हामीले तपाईहरुकै लागि काम गरीरहेका छौ भन्दै कोरोना पीडितहरुलाई सम्झाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline