भागे तर सकिन, रातभर पिटे, छातीमा कुल्चिए,दिशा खुवाए, ……

भागे तर सकिन, रातभर पिटे, छातीमा कुल्चिए,दिशा खुवाए, ……

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 39.5K
    SHARES

भारत बिहारको मुजप्फरपुरमा तीन जना महिला र एक जना पुरुषलाई गाँउलेहरुले लखेटी लखेटी रातभर कुटेर, चोलो च्यातिदिएर , सारी फ्याकिदिएर निर्वस्त्र मात्र पारेनन्, दिशा पिशाब घोलेर समेत खुवाएको अमानवीय र पाशविक घटना सार्वजनिक भएको छ ।
ती महिलाहरुलाई पुरुषहरुले छातीमा कुल्चिएर पिट्नुका साथै रुखको फेदमा लगेर कपाल समेत मुडिदिएका छन् । पीडित महिलाहरु गाँउलेहरुबाट बच्न धेरै भागे तर उनीहरुलाई लखेटी लखेटी समातेर रातभर यातना दिनुका साथै अमानवीय व्यवहार गरेको पाईएको हो ।
अहिले तीनै जना महिलालाई मुजप्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । घटना तीन मे को राति भएको बिबिसीले जनाएको छ । उनीहरुमाथिको यो दुरव्यवहारको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
यसरी यातना दिएर दिशा खुवाईएकी एक महिला सुदमिया देवीले, स्वास्थ्य ठीक नभएको, दिशा खुवाईदिएका कारण अहिले खाना खान मन नभएको, बमिट आईरहेको बताएकी छन् ।
घटना कसरी भएको थियो ?
बिहार मुजप्फरपुर जिल्लामा चार मई साझँ उक्त भिडियो सामाजिक सञ्जालमा एका एक भाईरल बन्यो । जुन भिडियोमा तीन जना महिलालाई उनीहरुको चोलो , सारी च्यातेर निर्वस्त्र जस्तो पार्न खोजिएको, दिशा खुवाईदै गरेको, छातीमा कुल्चिएको पिटेको र कपाल समेत मुण्डन गरिएको दृष्य छ । ती महिलाहरुले आफूलाई बचाउने कोशिस त गरेका छन् तर भावना शुन्य देखिएका छन् थुप्रो भीडका अगाडी उनीहरुको के लाग्थ्यो ।
५५ बर्षे सुदमिया देवीका छोराले विबिसीलाई फोनमा भने अनुसार उनकी आमा मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार गराईरहेकी छन् । उनको कुराकानी अनुसार मई तीनमा सुदमिया देवीकी दुईटी बहिनी बिहानै उनको घरमा आएका थिए । त्यस मध्य एक बहीनीलाई लाग्यो कि उनीमाथि भूत चढेको हुन सक्छ । त्यही भएर भूत उतार्न गाँउमा उनी आएकी थिईन् । भूत उतार्नका लागि तीन महिला र घरका एक जना पुरुष जो भूत उतार्न भजन गाँउथे उनीहरु त्यही ईलाकामा रहेको रेलवे नजिक तन्त्रमन्त्र गर्न थाले ।
आमा , सानीमा र बाबा पूजा गरीरहेका थिए । राति १० बजे फुलवारी टोलका २५ जना मान्छे आए र उनीहरुलाई समात्न लागे । उनीहरुलाई त्यस पछि श्याम शहनी नामका एक व्यक्तिको घरमा लगेर राखे , त्यस पछि रातभर निरन्तर पालै पालो पिटिरहे, त्यस पछि चोलो च्यातिदिए, शारी च्यातिदिए, त्यस पछि ४ मे को बिहान सहनीकै घर छेउमा लगे फेरी पिटे , छातीमा कुल्चिए अनि कपाल मुण्डन गरेर दिशा घोलेर खुवाए । विसिसीसगँ उनले भने ।
ती महिलासगँ पूजा गर्ने पुरुषलाई पनि कुटेर दिशा खुवाईएको छ ।
पुरै गाउले जत्तिकै सुदमियाका ३६ बर्षे छोरा पनि यस घटनाका साक्षी छन् । उनी हरियाणामा मजदुरी गर्दछन् । होलीमा घर आएका उनी लकडाउनका कारण घरैमा छन् ।
उनले केही मान्छेले आमालाई बचाउन खोज्ला ती समुहले डर धम्की देखाएर भगाएको बताए । धेरै मानिस थिए म एक्लैले के गर्न सक्थेर चुपचाप त्यो कुकृत्य हेरेर बसे उनले भने ।
कपाल मुडेर दिशा खुवाईए पछि सुदमिया देवी र उनकी बहीनीहरु र ती पुरुषलाई छाडि दिएका थिए । उनीहरु दिनभर उल्टी गर्दै भोकै बसेका थिए ।
साझँमा यस घटनाको भिडियो भाईरल बने पछि प्रहरीले छापा मारेर करीब ९ जनालाई पक्राउ गरेको छ । ती पीडित महिलाहरुले अझै पनि खाना रुच्न गाह्रो परीरहेको बताएका छन् । त्यस घटनामा १५ जनामाथि मुद्धा दर्ता भएको छ ।
भारतको बिहार, उडिसा, झारखण्ड, राजस्थान लगायतका राज्यमा बोक्सी, डायन प्रथा अझै रहेको र यस्ता घटनाको शिकार आम रुपले गरीबहरु हुने गरेको जनाईएको छ ।
ती मनिसहरुले किन हाम्रो परिवारमाथि यस्तो अपराध गर्यो, के कारण हो हामीलाई थाहा छैन , सुदमिया देवीका छोराले भने ।
उनीहरु गरीब र मजदुरी गरेर खाने परिवार हुन् । उनका बुवा झारफुकका काम गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी