लकडाउन उलंघन गर्दै महिलासगँ छेउमा बसेपछि बेलायत सरकारका प्रमुख सल्लाहकार निलले राजीनामा दिए…

लकडाउन उलंघन गर्दै महिलासगँ छेउमा बसेपछि बेलायत सरकारका प्रमुख सल्लाहकार निलले राजीनामा दिए…

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी बैशाख २३ । नेपाल जस्ता केही देशहरुमा कुनै पनि विषयमा विवादीत बने पछि राजीनामा दे भनेर सामाजिक सञ्जाल र नाराबाजी पनि हुन्छ तर त्यस्ता पदाधीकारीहरुले कहिल्यै गल्ती महसुस गरेर पद त्याग गर्दैनन् । बरु शक्तिको प्रयोग गरेर पास लिने , यति सम्म कि सडकमा नारा जुलुश गर्न समेत नेता कार्यकर्ता पछि पर्दैनन् । खुलेआम हिड्न उनीहरुलाई छुट नै भएको जस्तो देखिन्छ ।
तर संसदीय व्यवस्थाको जननी बेलायतमा सरकारको कोरोना सम्बन्धि सल्लाहकार तथा प्रोफेरस निल फरग्युसनले सामाजिक दुरी कायम नगरी लकडाउन उलंघन गरे पछि गल्ती महसुस गर्दै आफै पदबाट राजीनामा दिएका छन् ।
उनी कोरोना मामलामा बेलायती सरकारका प्रमुख सल्लाहकार रहेको बिबिसीले उल्लेख गरेको छ । निल फग्र्युसन सेन्टर फर ग्लोबल ईन्फेक्सन डिजिज एनालिसिस सेन्टरका निर्देशक समेत हुन् । उनकै सल्लाहमा बेलायतमा २३ मार्चमा प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन लागू गरेका थिए ।
“म स्वीकार गर्छु कि मैले गल्ती गरेँ, त्यस कारण म पदमा रहन चाहन्न । मलाई यसकुराबाट गहिरो पश्चाताप भएको छ कि कोरोना महामारी नियन्त्रणका लागि लगातार सामाजिक दुरीको खाँचो छ , त्यो सन्देश दिईराखिएको छ , म आफैले त्यसलाई नजरअन्दाज गर्न पुगेँ । ” निलले भने ।
बेलायती अखबार डेली टेलिग्राफले लकडाउनका बेला सामाजिक दुरीको वेवास्ता गर्दै निलले एक महिलालाई आफूसगँ नजिक आउन दिएको र यो सामाजिक दुरीको नियमको उलंघन भनेर समाचार प्रकाशित गरे पछि सल्लाहकार मिलले राजीनामा दिएका हुन् ।
उनले चीनको वुहानमा कोरोना देखिने वित्तिकै केही दर्जन भनेर चीनले भनिरहदाँ हजारौ नभए पनि सयौं संक्रमित हुन सक्ने अनुमान गरेका थिए र विश्वभर फैलन सक्ने चेतावनी जनवरीमै दिएका थिए । त्यसैले उनको नाम नै प्रोफेसर लकडाउन भनेर मानिसहरुले राखिदिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी