दुर्लभ मानिने स्थनधारी सालक धादिङमा भेटियो

दुर्लभ मानिने स्थनधारी सालक धादिङमा भेटियो

  • मङ्लबार, बैशाख २३, २०७७
  • राज शाक्य

  • 15.7K
    SHARES

धादिङ बैशाख २३ । विश्वमा दुर्लभ मानिएको स्तनधारी बन्यजन्तु सालक धादिङमा फेला परेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ सल्यानटारमा उक्त सालक फेला परेको हो ।

सालक नेपाल लगायत विश्वका ४३ वटा मूलुकमा पाइन्छ । पछिल्लो समय सालकको मासु र खपटाको लागि यसको तस्करी हुने गरेको छ । आकारमा न्याउरी मुसो जस्तो देखिने सालकका शरीर भर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमै मानिसले देख्ने गरेका हुन्छन् ।

सल्यानटारमा स्थानीयले राती गाउँमा सालक भेटेका हुन् । उक्त सालकलाई जिल्ला वन कार्यालय धादिङमा बुझाउने तयारी भई रहेको स्थानीय सन्जु श्रेष्ठले जानाकारी दिनु भएको छ । वन कार्यालयका प्रतिनिधि नआइपुगुन्जेल स्थानीय र प्रहरीले उक्त सालकलाई संरक्षण गरिरहेका छन् । एउटा सालकले वर्षमा ७ करोड भन्दा बढी धमिरा र कीरा कमिला खान्छ ।

सालकले किसानको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ ।

बालीलाई नोक्सान गर्न सक्ने कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव पनि हो । सालक विश्वको सबै भन्दा धेरै बेचबिखन हुने स्तनधारी जनावर हो । कानुनले सालकको अवैध शिकार वा व्यापार गर्नेलाई जेल सजायको व्यवस्था समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी