एजेन्सी बैशाख २३ । विश्व कोरोनाले आक्रान्त बनेको छ । यसले २ लाख ५० हजार नजिक मानिसको मृत्यु भईसकेको छ भने ३५ लाख बढी संक्रमित छन् । अरबौ मानिसहरु कोरोनाको डरले र लकडाउनको करले घरभित्रै बस्न बाध्य छन् ।
यस्तो बेला जीवनशैली नयाँ किसिमले परिवर्तन हुने अनुमान हरु चलिरहेका छन् । यस्तोमा एक चीनीया कम्पनीले एन्टी कोरोना कार निर्माण गरेको दाबी गरेको छ । चीनीया अटो कम्पनीले कुनै पनि भाईरस र ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।
गीली कम्पनीले यो गाडीमा बस्नेलाई एन्टी ब्याक्टेरियल फिचर्सले कोरोना संक्रमण समेत हुन नदिने दाबी गरेको छ । यस फिचरलाई ईन्टेलिजेन्ट एयर प्युरीफिकेसन नाम दिईएको छ ।
गिलीका अनुसार एसयुबी ०.३ माईक्रोमिटर आकारको पार्टिकलले ९५ प्रतिशत सम्म रोक्ने क्षमता यो गाडीले राख्दछ ।
हेल्दी कार प्रोजेक्ट अन्तर्गत ५.२ करोड डलरको लागतमा यो कार निर्माण शुरु भएको कम्पनीले जनाएको छ ।
सो कम्पनीले यस्तो कारका लागि ठूलो मात्रामा माग आउन शुरु गरेको पनि जनाएको छ ।