कोरोना विरुद्धको उपचारमा पलायो नयाँ आशाः ईवोलाको उपचारमा प्रयोग भएको रेमडेसिविर प्रभावकारी

कोरोना विरुद्धको उपचारमा पलायो नयाँ आशाः ईवोलाको उपचारमा प्रयोग भएको रेमडेसिविर प्रभावकारी

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी बैशाख १८ । कोरोना भाईरसको उपचारमा एउटा नयाँ आशाको सञ्चार पैदा भएको छ । रेमडेसिविर नामक औषधीले अधिकाश कोरोना संक्रमित निको भएको देखिएको बिबिसीले जनाएको छ । यद्यपि, यो शुरुवाती ट्रायल हो ।
यो औषधी ईबोलाका बिरामीका लागि प्रयोग गरिएको थियो । ट्रायल डाटाका अनुसार विश्वभरका ७५ प्रतिशत अस्पतालमा एक हजार भीर रुपले संक्रमितलाई यो औषधी दिईएको थियो । यसले प्लेसीबो दवाईको तुलनामा ३१ प्रतिशत बढी बिरामी निको भएका छन् ।
यो औषधीले ११ देखि १५ दिन सम्मको अवधिमा परिणाम देखाईरहेको छ । वैज्ञानिकहरुले यो औषधी प्रभावकारी हुन सक्ने औल्याएका छन् । यो औषधी अमेरीकी कम्पनी गिलिएडले उत्पादन गरीरहेको छ । यो अझै प्रमाणित हुन अरु धेरै तथ्यांक जरुरी हुने बताईएको छ ।
शुरुमा चीनमा गरिएको यसको प्रयोग सफल भएको थिएन ।
अमेरीकाका श्वास्थ्य विज्ञ डा. एन्थोनी फौसीले यो ट्रायल सफल हुनु एक राम्रो समाचार भएको बताए । बेलायतताक प्रोफेसर महेश परमारले यो अन्तराष्ट्रिय स्तरको पहिलो ट्रायल भएको भन्दै यसले आशा जगाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी