कोरोनाले गर्दा बिबाह गर्नै नपाई छोरा जन्मियो बेलायती प्रधानमन्त्री जोनसोनको !

कोरोनाले गर्दा बिबाह गर्नै नपाई छोरा जन्मियो बेलायती प्रधानमन्त्री जोनसोनको !

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

१७ वैशाख एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी तेस्री श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माउनुभएको जानकारी दिइएको छ । उनीहरुले केही समय अघि ईन्गेजमेन्ट गर्दै बच्चा जन्मिनु अघि नै बिबाह गर्ने बताए पनि प्रधानमन्त्री जोनसोन कोरोना संक्रमित भए पछि बिबाह हुन पाएको थिएन ।
प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिनुभएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् ।

बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिनुभयो । उहाँले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री जोनसन र उहाँकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उहाँलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् ।

गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किनुभएको थियो । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उहाँ काममा फर्किनुभएको थियो ।

उहाँले काममा फर्किएपछि दिनुभएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताउनुभएको थियो ।
उहाँले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिनुभएको थियो ।

उनले पहिलो पटक सन् १९८७ मा बिबाह गरेका थिए । त्यो बिबाह १९९३ मा टुट्यो । त्यस पछि त्यसै बर्ष भारतीय मुलकी मारिना ह्वीलरसगँ दोस्रो बिबाह गरे उनीसगँ चार वटा सन्तान भयो । पछि उनीसगँ पनि जोनसनको सम्बन्ध बिच्छेद भए पछि अहिले साईमन्डससगँ बस्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी