एजेन्सी बैशाख १७ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५१ दिनमा दुई लाख ६० हजार शब्द पत्रकार सम्मेलनमा बोलेको तीन जना पत्रकारहरुले अध्ययन गरेर रिपोर्ट तयार पारेका छन् । जस अनुसार उनले यस अबधिमा ६ सय पटक आफ्नै पं्रशसामा खर्च गरेका छन् ।
त्यसै गरी ३ सय ६० पटक अरुको जस लिएका छन् भने एक सय १० पटक अरुमाथि आरोप लगाएका छन् । जसमा मिडिया र सञ्चारकर्मी पनि पर्दछन् ।
यो अध्ययन ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा आधारीत भएर तीन जना पत्रकारले गरेका हुन् ।
यस अनुसार तीन साताको १३ घण्टा लामो भाषणमा उनले २ घण्टा आरोपमा खर्च गरेका छन् भने ४५ मिनेट आफ्नै प्रससामा खर्चेका छन् । कोरोनाको ठूलो पीडा भोगरिहेका नागरिकका लागि उनले केवल साढे ४ मिनेट मात्रै खर्चेको देखिएको छ ।
त्यसै गरी उनले यस भाषण भित्र ३० मिनट डेमोक्रयाटस् पार्टीमाथि आलोचना गरेर बितेको छ । २५ मिनट सञ्चारमाध्यममाथि हमला गरेर बिताए । २१ मिनट चीनमाथि हमला गरेर बिताए ।
२१ मिनेट राज्यका गभर्नरहरुको आलोचना र प्रशंसामा खर्च गरे ।
उनले आफैलाई सबै भन्दा मेहेनती राष्ट्रपति, जस्ता आफ्नै प्रससा गरेर पीडितलाई सहानुभुति भन्दा चार गुणा बढी आफैलाई महानायनकका रुपमा पेश गरे ।