हामी प्रकृति बाट हौं ,प्रकृति हामी बाट हैन

हामी प्रकृति बाट हौं ,प्रकृति हामी बाट हैन

  • बुधबार, बैशाख १०, २०७७
  • आशुतोष झा( नवीन)

  • 16.6K
    SHARES

हामी प्रकृति बाट हौं ,प्रकृति हामी बाट हैन
आज 22 अप्रैल , पृथ्वी दिवस । मानव र प्रकृतिको बीचको सम्बन्ध उत्पति कालदेखि नै छ । दुवै एकाअर्काको पुरक हुन् ।अथर्वेद मा एक प्रतिज्ञाको वर्णन गरिएको छ : हे धर्ती माता जे कुरा पनि तपाईं सङ लिनेछु त्यति नै तिमीलाई फिर्ता  गर्नेछु , तिम्रो जीवनी शक्ति , सहन शक्ति माथि कहिले पनि अघात पुर्याउदिन , गलत गर्दिन।
मानवले जबसम्म प्रकृति सङ गरेको त्यो वाचा लाई पूरा गरिरह्यो तबसम्म स्वस्थ , सुखी र सम्पन्न रहयो ।तर जब मानवले प्रकृति माथी नै आक्रमण शुरु गर्यो , प्रकृतिले आफ्नो विध्वंसक एवं विघटनकारी रुप देखाउन शुरुआत गर्यो।
प्रकृति लाई हामी कहिले पनि तिरस्कृत गरेर अगाडि बढन सक्दैनौं । प्रकृतीले नै हामीलाई पालनपोषण गर्दछ।अन्तकाल देखि यो हाम्रो सहचरी रहेको छ। प्रकृतीको मानव जीवनमा यति महत्त्व हुदाहुदै पनि हामी आफ्नो लोभ लालच को कारण प्रकृतिको सन्तुलन बिगार्दै छौँ ।
धरती माथी जीवनको आरम्भ र जीवन धान्नका लागि प्रकृतिको एक धेरै जटिल प्रक्रिया हो। प्रकृतिले जे चिजहरुको जन्म दिएको छ त्यो चाहिँ फिजुल होइन । प्रत्येक प्राणीको आफ्नै महत्त्व हुन्छ।  वनस्पतिदेखि लिएर जीवाणु, किडा-मकोडा र मानवसम्मको  जीवन प्रक्रिया चलाउन यसको आफ्नै योगदान छ। जीवनको  प्रकृतिमा शुद्ध हावा र शुद्ध पानीको साथ विभिन्न प्रकारका जीव जन्तु र वनस्पतिहरूको सन्तुलन हुनु आवश्यक छ।
पछिल्लो  दुई दशकहरूमा सार्स, इबोला, नेपाह र अब पछिल्ला केही महिनाहरूमा कोरोना भाइरसले विश्वको अर्थतन्त्र र समाजलाई हल्लाएको छ।  यस्तो देखिन्छ कि प्रकृतिले रिमोट कन्ट्रोल मार्फत  रिसेट बटन थिचेर यसको  पुनः प्रोग्रामिङ गर्दैछ।  संसार पूर्ण रूपमा हल्लिएको छ।  दशौँ  मानिसहरूले आफ्नो ज्यान गुमाईसके।  लाखौं मानिस बिरामी छन्।  आधुनिक अर्थव्यवस्था संग सम्बन्धित सबै मानव गतिविधिहरु  ठप्प भएका छन्।  यो प्रकृति माथीको अनावश्यक आक्रमण  र अमानवीय व्यवहारको परिणाम हो । कोभिड 19  भन्ने महामारीले संसारलाई सन्देश दियो कि हामीले अब आफ्नो जीवनशैली र सोच बदल्नुपर्दछ, अन्यथा भविष्यमा अझ ठूलो लकडाउनमा बाच्नका लागि अभ्यास गर्नुपर्ने हुन्छ ।तसर्थ हामी अहिले बाट सचेत होऔं र प्रकृतिमाथि भैरहेको आक्रमण लाई रोकौ । प्रकृतीको रक्षा गरौं ।
यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ।
पृथ्वी दिवसको महत्त्वपूर्ण छ किनकि यस दिन हामी वातावरणीय विज्ञहरु मार्फत वातावरणमा ग्लोबल वार्मिंगको प्रभावको बारेमा जान्न चाहन्छौं।
पृथ्वी दिवस जीवन बचाउन र वातावरण सही राख्न को लागी जीवन सजग बनाउँछ।  जनसंख्या वृद्धिले प्राकृतिक संसाधनहरूमा अनावश्यक बोझ पारेको छ, संसाधनहरूको समुचित प्रयोगको लागि पृथ्वी दिवस जस्ता कार्यक्रमहरूको महत्त्व बढेको छ। पर्यावरण सुरक्षामा ऐक्यवद्धता प्रदर्शन गरिने यस दिनमा हामी सबैले मनन् गरौँ । प्रकृतिको दोहन र विनाश हैन संरक्षण गरौं ।
लेखक-राजनीतिशास्त्रका विद्यार्थी हुन् ।  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी