सामाजीक संजाल ज्ञानको घडाभित्र बिषको सर्बत नहोस्

सामाजीक संजाल ज्ञानको घडाभित्र बिषको सर्बत नहोस्

  • मङ्लबार, बैशाख ९, २०७७
  • विनोद पोखरेल , न्यूयोर्क अमेरीका

  • 24.2K
    SHARES

अहिले सामाजीक संजालको युग छ । देस बिदेसका घटनाहरु घर परिवार आफन्तहरुका सन्चो बिसन्चोका समाचारहरु हामी सामाजीक सन्जालबाटै थाहा पाउछौ। चाड पर्ब जात्रा मेला र हाम्रा परम्परागत चलनहरु यहि सामाजीक संजाल बाटै थाह हुन्छ। यहाँ सम्मकी बिबाह ब्रतबन्ध भोज भतेर पार्टीका निमन्त्रणा तथा जन्म मृत्युका सुचनाहरुको लागी समेत सामाजीक संजालकै उपयोग गर्छौ। आफैले बिर्सिएको जन्मदिन बिबाह भएको दिन साथी भाई ईस्ट मित्र तथा आफन्तले सो दिन भन्दा अघाडी नै संजाल भित्रकै सुन्दर तस्बिर सहित शुभकामना दिन्छन।केक नकाटेर आधा उमेर भन्दा बढि बितिसक्यो अहिले मनाउन भन्दा सामाजीक संजालमै राख्नको लागी केक काट्ने गर्छौ र सुभकामनाको लर्को मा धन्यबाद भन्दै एक हप्ता बिताउछौ। बिबाहका लगन हुने महिना नआउदै कपि र पेस्ट गर्नको लागी शुभकामनाका सन्देस तयार गरेर राख्छौ बुढा बुढिको सुन्दर तस्बिर देख्यो कि हैप्पी एनिभर्सरि भनि हाल्छौ कहिले काही बिबाह पछि डिभोर्स भै सक्दा पनि मिती नहेरी पुरानो तस्बिरमा शुभकामना दिन भ्याई दिन्छौ। मृत्युका समबेदनाहरु सबैभन्दा पहिले संजालमा कस्ले हाल्ने तछाड मछाडमा गर्दै सातपुस्ता नाता नपर्ने र जीन्दगिमा कहिल्यै कहि नदेखेका नभेटेका मानिसका तस्बिरलाई मृत्यु हुनु भन्दा अघाडी नै संजालमै झुन्ड्याई दिन्छौ। यस्तो घटना भर्खरै न्यूयोर्कमा घटेको थियो।शुभकामना तथा समबेदनाका संदेसहरुमा आफ्नो मौलिक भावना तथा गहिरो मर्मस्पर्सि सब्दहरु कहाँ पाउनु कसैले बनाएको कपि पेस्ट गरेर भए भरका संजालका साथीहरुलाई मात्र होईन साथीका साथीहरुलाई पनि पठाई दिन्छौ र अहिले त कपि पेस्ट गर्न पनि झन्झट मान्ने भैसक्यौ ।

फेसबुकले रेडिमेड बनाईदिएका स्टिकरहरु तथा ग्राफिक ईन्टरचेन्ज फर्म्याट जसलाई छोटोमा जिआईएफ भनिन्छ, जताकतै टासि दिन्छौ।अझै भनौ भने यस्ता रेडिमेट शुभकामना संदेसहरु जस्लाई मैले शुभकामना आतंकहरु नै भन्ने गर्छु, एक पटक होईन बार बार थरि थरिका सब्दहरु, तस्बिरहरु तथा संगितहरु मैले माथी भनेझै सातपुस्ते नाता र जिन्दगीमा कहिल्यै नदेखेका नभेटेकालाई पठाईदिन्छौ। अहिले यो संजालले मान्छेलाई कति सामाजीक, निकट तथा मायालु बनाई दिएको छ कि हरेक बिहानै आफ्नै घरका बुवा आमा श्रीमान श्रीमती छोराछोरीको अनुहारमा एउटा मिठो मुस्कान नदेख्दै रंगिन कलेबरका तस्बिर सहित “ गुड मोर्निगं हैभ अ वन्डरफुल डे” जस्ता सन्देसहरु भएभरका संजालका साथीहरुलाई पठाउने गर्छौ र आफ्नै घरमा गुड नाईट नभैरहेको अबस्थामा पनि “गुडनाईट हैभ अ स्विट ड्रिम” भन्दै लामो समय भेटघाट सम्पर्क नभएका आफन्त तथा फेसबुके मित्रहरुलाई पनि एक क्लिकमै पठाईदिन्छौ।
हाम्रा संस्क्रिकी परम्पराहरु लोप उन्मुख हुदै गैरह्का थिए अहिले हामी देखाउनकै लागी वा सामाजीक संजालमै राख्नको लागी भएपनी अस्थायि रुपमै बसिरहेका अपार्टमेन्ट कोठाहरुमा पनि मन्दिर, भगवानका मुर्तीहरु, पुजाका सामाग्रीहरु, कलात्मक तस्बिरहरु सजाएर राख्छौ।चाड पर्बहरु, पार्टी तथा भेटघाटहरुमा आफ्ना परम्परागत पहिरनहरु लगाएर सजिदै पर्ब मनाउने हाल खबर सोधने होईन पहिला तस्बिर र सेल्फी खिच्ने र संजालमै राख्न व्यस्थ हुन्छौ। मन परे पनि नपरे पनि घरमा कतिपय परम्परागत खानेकुराहरु तथा अन्य मिठा मिठा परिकारहरु बनाउने गर्छौ र ति खाएर स्वाद लिनु भन्दा र तेसका तस्बिरहरु संजालका स्टाटसमा राखेर भ्यू गन्दै बस्छौ। सामाजीक जनचेतना तथा बिशेष दृश्य परिदृश्यहरु उत्सब भन्दा पनि २(४ जना कहि जम्मा हुन पाउदैनौ बिषय प्रसंग बिनाका लाईभ ठोकि हाल्छौ। आमा बुवालाई कहिल्यै नभेटने, माया ममता नगर्ने, मनपरि कुरा काट्दै हिडने, सुख होईन सधै दुखः दिने, बृद्धाश्रममा राख्ने तर मुख हेर्ने दिन जस्ता परम्परागत पर्बहरुमा तस्बिर राखेर स्तुतीगान गर्न यस्ता सामाजीक सन्जालहरुले बाध्यता पनि पारि दिएका छन भने मान्छेलाई यथार्थबादि होईन एउटा नाटक गर्न सक्ने छेमताको पनि बिकास गरिदिएको छ।

प्रिन्ट पेपर त अहिले बिक्नै छोडि सक्यो बिस्वकै समाचार डिजीटल भैसक्यो औला औलामा बिस्वका सहरहरु देखिन सक्ने भैसके।बिस्वमै कुनै घटना घटेको मिनेट भरमै सन्जालमा रंगि सकेका हुन्छन।अनलाईन मेडिया युट्युब च्यानलहरु को त खेतीनै भैरहेको छ। सबै त होईन धेरै मेडियाहरु सत्य र तत्थ्य भन्दा नियोजीत रुपमै परिचालित भएको देखिन्छन। समाजलाई सुसुचित गर्ने, सकारात्मक सन्देस प्रबाह गर्ने भन्दा भ्रामक सनसनि पुर्ण समाचार राखेर भाईरल बनाउने होडमै देखिन्छन। सामाजीक संजालका फलोहरहरु आफ्नो बिचारलाई उपयुक्त हुने तथा बिरोधिलाई आ़क्षेप लगाएका घोच पेच गरिएका अबफाह फैलाईएका समाचार पढने र सत्य केरहेछ बुझ्ने होईन शिर्षक हेरेर नै संजालमै भाईरल बनाउछन। एउटा कुनै सामान्य घटेको घटनाको तस्बिर जुन तुरन्तै समाधान भै पिडित को जीवन यापन सामान्य भैसकेको हुन्छ महिनौ सम्म तेहि तस्बिर राखेर अति रंजित गर्दै संजाल रंगाउनमै व्यस्थ हुन्छौ। देश बिदेसमा खिचेका कुनै समय परिबेसका पिडाका वा दुखद घटना झल्किने तस्बिरहरु आफ्नै देसको भन्दै सन्जालमा राखी सत्ताधारिको सत्तो सराप गर्छौ । गाउ घरमा भएका सामान्य बिबादहरु द्वन्दहरु प्रहरि प्रसासन संग समन्वय गरि मिलापत्र गराउने, मिलाउने तर्फ होईन पक्ष बिप़क्ष हेरी, बिचार हेरी आगोको झिल्को सरह ठुला ठुवा हेडलाईन बनाउदै संजालमा फैलाउदै अपराधी करार गर्न उत्प्रेरित हुन्छौ। कार्टुनको कलाकारितालाई बलात गर्दै फोटोसप बाट अनेक तस्बिर बनाई कसैको चरित्र हत्या त गर्छौ नै अझै यस्ता अक्षेम्य अपराध को पटक पटक संजालमा सेयर गर्दै प्रबर्धन पनि गर्छौ। पुराना समय, बिषय र फरक प्रसंगमा गरिएका कुराहरु भनाईहरु बग्याई अप्रसांगिक रुपमा संनजालमा राख्दै आफ्नो नियत त देखाउछौ नै तर आफ्नो साख गुमेको पत्तै पाउदैनौ।
यसरि सामाजीक संजालको उपयोग अहिले हाम्रो जीवन पद्धती भैसकेको छ यसको सकारात्मक प्रयोग मानब जीवनकै लागी अमुल्य छ र एउटा ज्ञानको बिसाल भन्डार छ तर यसको बिपरितको प्रयोग हरेक परिवार, समाज, राष्ट्र र बिश्वकै लागी चुनौतीपुर्ण मात्र होईन ज्ञानको घडा भित्र बिषको सर्बत हुनेछ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी