अमेरीकाः भोकले तड्पिन थाले जनता, कारमा चढेर राहतको लाईनमा !

अमेरीकाः भोकले तड्पिन थाले जनता, कारमा चढेर राहतको लाईनमा !

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

एजेन्सी बैशाख ७ । तपाईले यो तस्वीर जुन देख्नु भएको छ यो अमेरीकाको पेल्सिलभानियामा गत मंगलबार एउटा ग्रेटर पिटर्सबर्ग कम्युनिटि फुड बैंकमा खाद्यन्न पर्खेर बसेका मानिसहरुको लाईनको हो । हो, उनीहरु नेपालमा जसरी लाईनमा उभिएका छैनन् कारमा छन् । अमेरीका भन्ने वित्तिकै गाडी सुविधा , भव्य जीवन धेरै नेपालीले कल्पना गर्ने कुरा पनि यही हो ।
तर कोरोनाको केन्द्र बनेको अमेरीकामा अधिकाश नागरिकसगँ गाडी बंगला भए पनि अहिले लकडाउन र महामारीले गर्दा करीब २ करोड २० लाख मानिसको रोजगारी र कोरोबार बन्द भएको छ ।
ठूलो संख्यामा खान नपाउने स्थिति पैदा भएर भोकले तड्पिने स्थिति बने पछि सार्वजनिक स्थलहरुमा दाताहरुले राहतको प्रवन्ध गरीरहेका छन् । तिनै ठाँउहरुमा राखिएको फुडबैंकहरुमा मानिसहरु राहतको लागि कार चढेर लाईन बस्न बाध्य छन् । घण्टौ लाईन बसेर त्यो पनि टाढा टाढाबाट आएर उनीहरु खानेकुराको प्याकेट हात थाप्न बाध्य भएका छन् । यस फुड बैंकमा एकै दिनमा हजार बढी गाडी लाईनमा बसेको यस फुड बैंकका उपाध्यक्ष ब्रायन गुलिसले बताएका छन् ।
गुलिसले भने, पहिलो पटक यति धेरै मानिसहरुले हाम्रो सेवा लिईरहेका छन्, पहिला मानिसहरु त्यसरी आउदैन थिए , ।
त्यही अमेरीकामा संसारका सबै भन्दा धेरै धनाढ्यहरु बस्दछन् । तर त्यही अमेरीकामा करोडौ मानिस बेरोजगारीको चपेटामा परीरहेका छन् । त्यही भएर लकडाउनको बिरुद्ध बन्दुकै बोकेर नागरिकहरु सडकमा निस्कन थालेका छन् ।
न्यू ओर्लिन्स देखि डेट्रोइट सम्म पुरै अमेरीकाभरी निशुल्क भोजन बैंकमा मानिसहरुको भीड लाग्न थालेको छ । बोस्टन स्थित चेल्सियामा रहेको एक भोजन केन्द्रमा आएकी महिला एलानाले भनिन्, “हिजो मैले एक महिलालाई भेटे जसको १५ दिनको बच्चा छ,उसका श्रीमान्ले काम गर्न पाएका छैनन्,उनीहरुको अरु दुईवटा बच्चा पनि छ तर घरमा खाने सामान छैन । ”
अमेरीकाभर रहेका हजारौ फुड बैंकहरुमा लाईन बसेर राहत लिने  मानिसको भीड बढ्दै गएको यसका सञ्चालकहरुले बताएका छन् ।

महामारीले यस्तै विपत्ति ल्याउदै गए पछि राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खोल्दै जाने मनशायमा रहे पनि कतिप राज्यका गभर्नरहरुले विरोध जनाए पछि त्याहाँ आपसी विवाद बढ्दै गएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी