नासाले मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाउदै

नासाले मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाउदै

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो ।

“एक पटक फेरी अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,” नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गर्नुभयो ।

नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ ।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ’स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ । अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ ।

यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पु¥याउने पहिलो निजी कम्पनी हुनेछ । ’द फाल्कन नाइन रकेट’ र ’क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र शटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ ए बाट उडान गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी