कोरोना ठीक पार्ने भन्दै केन्यामा सरकारले नै जनतालाई रक्सी बाँड्दै(भिडियो सहित)

कोरोना ठीक पार्ने भन्दै केन्यामा सरकारले नै जनतालाई रक्सी बाँड्दै(भिडियो सहित)

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

एजेन्सी बैशाख ६ । संसारमा अमेरीका, चीन, रुस, बेलायत जस्ता शक्तिशाली देशहरु कोरोनाको उपचार नपाएर हैरान भईरहेका छन् । विश्वका ४० भन्दा बढी देशहरु कोरोना विरुद्धको भ्याक्सिन र औषधि विकासमा लागेका छन् तर सफल भईसकेका छैनन् । सय बर्ष पुरानो बिसीजी र प्लाज्मा थेरापीको माध्यमबाट अहिले कोरोनाको उपचार भईरहेको छ ।
उता अफ्रीकी मुलुक केन्यामा भने नैरोबीका सरकार प्रमुखले नै कोरोना ठीक पार्छ भन्दै जनतालाई खानेकुराको प्याकेटसगैँ रक्सीको बोतल पनि बाँडीरहेका छन् । गभर्नर माईक सोकोले रक्सी खाए पछि कोरोना ठीक हुने दाबी गरीरहेका छन् । उनले यस्तो बताएको भिडियो मिडियामा भाईरल बनिरहेको छ । उनले अल्कोहलले कोरोना भाईरस मार्ने र सेनिटाईजलको पनि काम गर्ने जिकिर गरेका छन् ।

हेनेसी नामक रक्सीको बोतल प्रत्यक गरीब परिवारलाई बाडिदैछ ।
यसैबीच विस्व स्वास्थ्य संगठनले रक्सीेले कोरोना ठीक हुन्छ भन्नु भ्रामक भएको भन्दै यसलाई खारेज गरेको छ । यसले खतरा पैदा गर्ने भन्दै सचेत हुन डब्लुएचओले अपील गरेको छ ।
यस अघि बेलारुसका राष्ट्रपतिले पनि जनतालाई खेल खेल्न र भोड्का खान सुझाव दिएको समाचार सार्वजनिक भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी