अमेरीकामा जन्मियो दुई टाउको भएको बाख्रा !

अमेरीकामा जन्मियो दुई टाउको भएको बाख्रा !

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

एजेन्सी बैशाख ५ । अमेरीकामा एउटा बाख्राले अनौठो पाठा जन्माएको छ । जसको टाउको दुई वटा छ र शरीर एउटा ।
अचम्म त के छ भने यो पाठाले दुईवटै मुखबाट घाँस खान सक्छ । अमेरीकाको बिस्कन्सीन राज्यको बवानो काउन्टीमा भएको थियो । यस बाख्राका मालिकले रोमन देवता जानुस नाम राखेका छन् यो पाठाको । देवता जानुसको पनि दुईवटा शीर थियो ।
यस बाख्राकी मालिकनी जोकेलिन नुएस्केले भनिन् ‘यो शुरुवात र अन्त्यका लागि हो, यो भूत र भविष्यका लागि हो । ’ पो दुई टाउके बाख्रा अप्रील ५ मा जन्मिएको थियो ।
जोकलिन दुधको व्यापार र बाख्रा फर्म चलाउछिन् । उनले ६ बर्षदेखि बाख्रा फर्म चलाएको र हजारौ पाठा जन्मिएको तर यस्तो कहिल्यै जन्मिएको थिएन भनेकी छन् ।
यस बाख्राको दुई मुख, दुई आखाँ र चार वटा कान छ । पशु चिकित्सकले यो बाख्राको स्वास्थ्य ठीक रहेको बताएका छन् । तर विशेषज्ञहरुले यो बाख्रा लामो समय बाँच्नेमा भने शंका गरेका छन् ।

NBT

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी