भारतः कोरोना संक्रमितको उपचार गर्ने डाक्टर, मरे पछि उनको लाशको धुवाँले कोरोना फैलिन्छ भन्दै स्थानीयले जलाउन समेत दिएनन्

भारतः कोरोना संक्रमितको उपचार गर्ने डाक्टर, मरे पछि उनको लाशको धुवाँले कोरोना फैलिन्छ भन्दै स्थानीयले जलाउन समेत दिएनन्

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी दिल्ली बैशाख ५ । भारतको सिलाङमा लामो विवाद पछि बिहिबार एक चिकित्सकको अन्तिम दाहासंस्कार गरियो । डा. जोन एल सायलो कोरोना संक्रमितको उपचार गर्दा गर्दै आफ्नै ज्वाईबाट संक्रमित भएका थिए । उनी बिथेनी अस्पतालका निर्देशक पनि थिए । उनी राज्यको पहिलो संक्रमित पनि थिए कोरोनाबाट ।
गत सोमबार उनमा कोरोना पोजेटिभ देखिएको थियो , भोलीपल्टै उनको मृत्यु भयो । उनको शब बुधबार जलाउन मशानघाट लगियो तर त्यस वरपर बस्ने स्थानीयले अवरोध गरे । उनीहरुले डाक्टरलाई जलाउदा निस्कने धुवाँले आफूहरुलाई कोरोना लाग्न सक्ने भन्दै विरोध गरे ।
विश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार कुनै पनि संक्रमित व्यक्तिलाई जलाउनु पर्ने हुन्छ । डा. सायलोलाई पनि जलाउन स्थानीय प्रशासनले तयारी गरेको थियो । त्यस पछि उनको अस्तुलाई निकालेर क्रिश्चियन परम्परा अनुसार फर्म हाउमा दाहासंस्कार गर्ने भनिएको थियो । तर गाँउलेको अवरोधले उनको सो दिन दाहासंस्कार हुन पाएन ।
अन्तिममा लामो विवाद पछि म्युनिसिपल कर्पोरेसनका कर्मचारीले ईशाईशरुको चिहानघारीमा उनलाई जलाईयो ।
डा. सायलो ६९ बर्षका थिए । उनमा मधुमेह पनि थियो । उनको ज्वाई पाईलट थिए । न्यूयोर्कबाट भारतीयहरुलाई उद्धार गरेर ल्याएको जहाज उनैले उडाएका थिए । उनीबाटै डा. सायलो सहित ६ जना परिवारका सदस्य संक्रमित भएका थिए । डा. सायलो सिलागं र गुहाटीको बीचमा रहेको नान्पागंमा २ वटा अस्पताल चलाउने गर्दथे । १७ मार्चमा उनका पाईलट ज्वाई दिल्लीआए पछि गुहाटी आए । क्वारीन्टाईन पूरा गरेको दाबी गरे । तर उनकै कारण सायलोमा सरेको पुष्टी भयो । अहिले सिलागंका २ हजार जनालाई परीक्षणको लागि प्रशासनले तयारी गरेको छ । डा. सायलाले गुहाटी र बरपाटा मेडिकल कलेजमा उपचार गरीरहेका बिरामीलाई पनि परीक्षण गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी