कोरोना कुकुरबाट सरेको अर्को दाबी , कारण यसरी व्याख्या गरिएको छ

कोरोना कुकुरबाट सरेको अर्को दाबी , कारण यसरी व्याख्या गरिएको छ

  • बुधबार, बैशाख ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

एजेन्सी बैशाख ३ । कोरोना भाईरस चमेरोमा भेटिएको लगभग विश्वले स्वीकारीसकेको छ । तर मानिसमा के बाट आयो यो एकीन भईसकेको छैन । चीनमा शुरुमा चमेरोबाट सालक र त्यसबाट मान्छेमा आयो भनिएको थियो ।
तर पछिल्लो अर्को अनुसन्धानले भने चमेरोबाट कुकुरमा सरेको र कुकुरबाट मानिसमा सरेको नयाँ तथ्य सार्वजनिक गरिएको छ ।
हाल एक लाख २७ हजारको ज्यान लिईसकेको र २० लाख बढीलाई संक्रमित गरीसकेको यो भाईरस कोभिड १९ ले यस अघि पनि सार्स र मर्स कोभिडको रुपमा फैलिएर महामारी ल्याएको थियो । जुन चमेरोबाट नै सरेको थियो । सार्स कोभिड चमेरोबाट सिवेट्स हुदै मानिसमा आएर फैलिएको थियो ।
हालै क्यानडाको अटोवा विश्वविद्यालयमा कार्यरत बायलोजी प्रोफेसर जुहुजा जिआ नेतृत्वको टोलीले गरेको अनुसन्धान प्रतिवेदन १४ अप्रीलमा मलीक्युलर बायलोजी एन्ड ईभोल्युसनमा प्रकाशित छ ।
जसमा जुआले चमेरोबाट कुकुरमा र मानिसले नजिक राख्ने कुकुरबाट मान्छेमा सरेको दाबी गरेका छन् । उनले मानिसको शरीरमा एन्टीभाईरल प्रोटिन जिंक पिंmगर हुन्छ । जसलाई जेडएपी भनिन्छ । जब कोरोना भाईरसको जेनेटिक कोडले मानिसको शरीरमा रहेको एन्टीभाईरल प्रोटिनमाथि सम्पर्क हुनासाथ हमला गर्छ । यहीँबाट कोरोनाले मानिसको शरीरमा रहेको कमजोर कोशीकालाई खोजेर आक्रमण तीव्र पार्दछ ।
जिआका अनुसार कुकुरमा एन्टीभाईरल प्रोटिन कम हुने भएकाले कोरोना प्रवेश गर्नासाथ त्याहाँ त्यसले घर बनाउछ । त्यस पछि कुकुर मानिससगँ नजिक रहने र चीन जस्ता देशमा त यसको मासु समेत खाईने हुनाले छिटो संक्रमण हुन्छ ।
यद्यपि, जिआको यस सिद्धान्तसगँ कतिपय वैज्ञानिक सहमत छैनन् । सान फ्रान्सीस्को स्टेट युनिभर्सीटीका प्रोपेसर लिउनि पेनिग्स यो सिद्धान्त र जेनेटिक डाटाले एक अर्कोलाई सपोर्ट नगर्ने भएकाले आफूले यो तर्क नमान्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी