मरेको लाशबाट समेत काेरोना फैलने वैज्ञानिकको निष्कर्ष

मरेको लाशबाट समेत काेरोना फैलने वैज्ञानिकको निष्कर्ष

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

एजेन्सी बैशाख २ । अहिले कोरोनाको उत्पत्ति , संक्रमण यसका असर र भ्याक्सिनको बारेमा संसारका दर्जनौ देशहरुले अनुसन्धान गरीरहेका छन् ।
यसै क्रममा वैज्ञानिकहरुले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शबबाट समेत कोरोना फैलने निष्कर्ष निकालेका छन् ।
जर्नल अफ् फरेन्सीक एण्ड लिगल मेडिसिनको अध्ययन अनुसार थाईल्याण्डमा एक मृतकको शरीरमाथि गरिएको अनुसन्धानबाट यस्तो खुलेको हो । यो खबर मिरर डट को डट युके अनलाईनमा प्रकाशित छ । जब त्याहाँ मृतकको शब पोष्टमार्टम गरिएको थियो , त्यसबाट स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बताईएको छ ।
यो घटना मार्च महिनाको हो । चीनको हेनान मेडिकल विश्वविद्यालयको विरोज विवानिटकिज र थाईल्याण्डको आरबीटी मेडिकल सेन्टरको वान श्रीविजितलईले यो लेख लेखेका छन् ।
यस अघि थाईल्याण्डमा कैयौ मृतकको दाहासंस्कारमा सहभागी हुन मानिसहरुलाई बन्देज गरिएको थियो ।
त्यस पछि थाईल्याण्डका मेडिकल प्रमुखले मृत शरीरबाट कोरोना नफैलने बताएका थिए ।
विश्व स्वास्थ्य संगठनले पनि यस अघि मृतकको शरीरबाट कोरोना संक्रमणको जोखिम कम हुने बताएको थियो । दुनियाभरमा कोरोनाका कारण मृत्यु भएका मानिसरुबाट कति संक्रमित भए भन्ने कुराको यकिन तथ्यांक भने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी