अमेरीकी वैज्ञानिकको चेतावनी , तत्कालै कोरोना नियन्त्रण कठिन छ, मौसमी बिरामीको रुपमा फैलन सक्छ ?

अमेरीकी वैज्ञानिकको चेतावनी , तत्कालै कोरोना नियन्त्रण कठिन छ, मौसमी बिरामीको रुपमा फैलन सक्छ ?

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी चैत्र २४ । कहिले भ्याक्सिन परीक्षण भयो , कतै औषधी भेटियो खुसीको खबर भन्दै समाचारहरु आईरहे पनि कोरोनाको वास्तविक औषधी , उद्गम र भ्याक्सिनको बारेमा वैज्ञानिकहरु निष्कर्षमा पुग्न सकेका छैनन् । यो चाहँी साचो हो कि तीव्र मात्रामा संसारभर अनुसन्धान चलिरहेको छ ।
यसबीच कोरोनाको सबै भन्दा ठूलो केन्द्र बनेको अमेरीकाका संक्रामक रोगका बिशेषज्ञ तथा ह्वाईट हाउसका डा. एन्थोनी फौसीले कोरोना तत्कालै नियन्त्रणमा आउन असंभव रहेको दाबी गर्दै यसले मौसमी बिरामीको रुप लिन सक्ने चेतावनी दिएका छन् ।
नेस्नल ईन्सटीच्युट अफ् हेल्थमा संक्रामक रोग बिशेषज्ञ समेत रहेका डा. फौसीले पत्रकार सम्मेलनमा बोल्दै यस बर्ष पुरै पृथ्वीबाट यस भाईरसको पुरै अन्त्य हुने संभावना यो बर्ष छैन भन्दै आउदो फ्लु मौसममा फेरी यो भाईरस आउन सक्ने चेतावनी दिए ।
त्यसै कारणले अमेरीकाले मजबुत तयारी गर्दै लगेको उनले बताए । फौसीका अनुसार भ्याक्सिन तयार गर्न र अन्य उपचार पद्धतिको बिषयमा अमेरीकाले क्लिनिकल ट्रायल गरीरहेको पनि जानकारी दिए ।
उनले यस अघि कोरोना भ्याक्सिन बनाउन १२ देखि १८ महिना लाग्न सक्ने बताएका थिए । दोस्रो पटक कोरोना आउदा भने रोक्ने उपाय तयार हुने उनले बताए । यस अघि उनले अमेरीकामा कम्तीमा एक लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरेका थिए । राज्यहरुमा नागरिक घरबाट निस्किरहेकाले पनि आफैलाई समस्यामा पारीरहेको फौसीले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४० प्रकारका भ्याक्सिनहरु परीक्षणको चरणमा रहेको र केही मान्छेमा परीक्षण शुरु भएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी