सहकारी दिवस : राष्ट्रिय आकाङ्क्षालाई सघाउन मन्त्री अर्यालको आग्रह

सहकारी दिवस : राष्ट्रिय आकाङ्क्षालाई सघाउन मन्त्री अर्यालको आग्रह

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा भेदन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

त्रिसठठ्ीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना दिँदै सम्पूर्ण सहकारी सङ्घसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा संलग्न सरोकारवाला तथा सो क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीको सहयोग र मेहेनतबाट नै सहकारी अभियान सफल हुने बताउँदै उहाँले नेपालको पहिलो सहकारी संस्था ‘बखान’ स्थापना भएको ऐतिहासिक दिनको सम्झना गरी स्वावलम्बन र पारस्परिकताको माध्यमबाट छरिएर रहेको पूँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्ने कार्यमा सहकारी अभियानबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विपन्नहरु आफैँ मिली सम्पन्नताको लागि गरिने आर्थिक र सामाजिक जागरणको अभियान नै सहकारी अभियान रहेको भन्दै मन्त्री अर्यालले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर दिगो एवं समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा स्वीकार गरेको उल्लेख गर्नुभयो । “संविधानमा सहकारीलाई सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापलाई अझै सशक्त एवं फराकिलो बनाएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ । संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारीमार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरणसम्बन्धी आयोजना, उद्योग, कलकारखाना सञ्चालन गर्नु आवश्यक रहेको मन्त्री अर्यालले उल्लेख गर्नुभयो ।

“परम्परागत सहकारीको ढाँचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसँग जोड्नु अहिलेको समयको माग हो”, शुभकामनामा उल्लेख छ । सहकारीको पहुँच नपुगेको दुर्गममा तथा विपन्न वर्गलाई सहकारीतामार्फत स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधार सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पु¥याउन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशील हुँदै जाने मन्त्री अर्यालको विश्वास छ ।

कोरोना भाइरसको त्रासले निम्त्याएको विपदको अहिलेको समयमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको मन्त्री अर्यालले उल्लेख गर्नुभएको छ । “मूल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समयसापेक्ष परिस्कृत गर्दै अगाडि बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्प्रर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुनेछ”, सन्देशमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी