एजेन्सी चैत १९ । दुनियाँको सातो लिइरहेको कोरोना भाइरस शब्द गूगलमा सबै भन्दा बढी खोजिएको छ ।
सबै मानिस कोरोनाका बारेमा कुरा गरिरहेका छन् । तर पुर्व सोभियत गणराज्य तुर्केमिनिस्तान सरकारले कोरोनाबारे बोल्न र मास्क लगाउन जनतालाई प्रतिबन्ध लगाएको छ ।
एक स्वतन्त्र प्रतिबेदन अनुसार सरकारको आदेश पछी स्वास्थ मन्त्रालयद्वारा जारी सन्देश र मिडियामा समेत यो शब्द प्रयोग हुन छाडेको छ । साथै मास्क लगाउन समेत बन्देज गरिएको छ ।
यो देशमा अहिलेसम्म कोरोना प्रवेश गरेको छैन । रेडियो आजात्ल्याकका अनुसार प्रहरीले कोरोनाको बारेमा बोले नबोलेको पत्ता लगाउन जासुसी समेत गरिरहेको छ ।
यसका बाबजुद महामारी आउन नदिन सरसफाइ , भिड नगर्न, मुख्य स्टेसनहरुमा तापक्रम नाप्ने यन्त्र जडान गरिएको छ । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने तुर्केमिनिस्तानको यो कदमको बिरोध गर्दै यसले नागरिकको ज्यान जोखिममा पार्ने जनाएको छ ।