जब बेलारुसका राष्ट्रपतिले नै कोरोना विरुद्ध लड्न भोड्का खान सुझाव दिए…

जब बेलारुसका राष्ट्रपतिले नै कोरोना विरुद्ध लड्न भोड्का खान सुझाव दिए…

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

एजेन्सी चैत्र १८ । दुनियाँ कोरोना भाईरसको महामारीको चपेटामा छ । ३७ हजार मानिसको ज्यान गईसकेको छ । ८ लाख नजिक मानिसहरु बिरामी परीसकेको अवस्थामा कतिपय देशले यसका विरुद्ध लड्न अनौठो तरीका सुझाएका छन् ।
यस्तोमा पूर्व सोभियत संघ सदस्य राष्ट्र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले जनतालाई कोरोना भाईरस विरुद्ध लड्न भोड्का खान सुझाव दिएका छन् ।
स्टेट टेलिभिजनलाई अन्तरवार्ता दिदै उनले हक्की खेल्न, प्राकृतिक साउनामा जान र ह्याण्ड सेनिटाईजर नभए भोड्का खान सुझाव दिएका हुन् । खेलकुद भन्दा राम्रो चीज अरु नहुने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
बेलारुसमा कोरोना स्रकमणबाट ९४ जना बिरामी भएका छन् । यद्यपि, कसैको मृत्यु भएको छैन । राष्ट्रपति एलेक्जेन्डरले भोड्का भाईरस मार्ने बिष नै भएको जिकिर गरे । तर विज्ञहरुले यस्तो कुनै प्रतिवेदन हालसम्म दिएका छैनन् ।
विज्ञहरुले आफूलाई दिएको सुझाव अनुसार ६० डिग्रि सेल्सिय तापक्रम भन्दा माथि यो भाईरस जीवित रहन नसक्ने भएकाले खेलकुद,भोड्का पिउनु हितकर हुने उनले सुझाए ।
बेलारुसको होटल, रेष्टुरेन्ट, फुटवल लिग सबै चालू छ ।
तिम्रो घोडामुनि झुकेर बाँच्नु भन्दा उभिएर मर्नु जाति हो , राष्ट्रपतिले भने । करीब ९५ लाख जनसंख्या रहेको यो देश यूरोप र रुसको बीचमा स्याण्डवीच आकारमा रहेको छ । उनले अमेरीकी राष्ट्रपति ट्रम्पले पनि व्यवशायहरु सुचारु नहुने हो भने धेरै अमेरीकीहरु भाईरस भन्दा धेरै बेरोजगारीबाट मर्ने भनेको उदाहरण दिदै त्यसैले आफूले उद्योगहरु बन्द नगराएको बताए ।
त्यसै गरी ताजकिस्तानका राष्ट्रपति ईमोमेल रोहमोनले पनि सबै सार्वजनिक कार्यक्रमहरुमा भाग लिईरहेका छन् । ताजकिस्तानमा कति कोरोना पीडित छन् भन्ने एकीन छैन । यद्यपि, अन्तराष्ट्रिय उडानहरु भने बन्द गरिएका छन् ।
यस्तै तुर्किमेनिस्तानले पनि सार्वजनिक कार्यक्रमहरु रोकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी