अहिले बाली भित्र्याउने समय हो, कृषकलाई अवरोध नगरौंः सांसद यादव

अहिले बाली भित्र्याउने समय हो, कृषकलाई अवरोध नगरौंः सांसद यादव

  • सोमवार, चैत्र १७, २०७६
  • राहुल गुप्ता

  • 8.9K
    SHARES

वीरगन्ज, चैत १७ ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले काेराेना भाइरसकाे बहानामा कृषककाे बालि भित्र्याउने कार्यमा अबराेध नगर्न आग्रह गरेका छन् । साेमवार विज्ञप्ति निकाल्दै उनले अहिले बाली भित्र्याउने समय भएकाले उक्त कार्यमा अबराेध नगर्न अनुराेध गरेका हुन् ।

उनले भनेका छन्, कोरोना भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएकको अवस्थामा यसमा अवरोध गर्नु उचित हुँदैन ।

‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना संक्रमणको माहामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो । यस क्रममा खाद्यान्न र अन्य आत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ साँसद यादवले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् । अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’विज्ञप्तिमा भनिएकाे छ।

बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस । किसानले जोताइ लगायत प्रयोजनको लागि निश्अवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा बिज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँथै किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइक कृषी कर्म गर्न साँसद यादवले आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी