काेभिड १९ बारे सबै जानकारी दिने सरकारी एप सार्वजनिक

काेभिड १९ बारे सबै जानकारी दिने सरकारी एप सार्वजनिक

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडाैं- सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप  सञ्चालनमा ल्याएको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एप सुरू गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहज गराउन भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए ।  उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गरे ।  उनले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गरे।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउन मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन,अाइ.एच.आर.आर आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड  गरी हेर्न सिकनेछ । एमओएचपी नेपाल कोभिड (MoHP NEPAL COVID-19) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेवसाइटमा हव अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी