गाईलाई खुवाउने भुसा, दानालगायत खाद्य पदार्थको अभाव, आहारको प्रबन्ध मिलाउन महासङ्घको माग

गाईलाई खुवाउने भुसा, दानालगायत खाद्य पदार्थको अभाव, आहारको प्रबन्ध मिलाउन महासङ्घको माग

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौँ, १६ चैत ।

विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रूपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
“गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरूमा दाना तथा खाद्यपदार्थ पु¥याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पु¥याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पु¥याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ”, उहाँले भन्नुभयो ।गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले जोडदार माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी