कोरोना: महिला भन्दा धेरै पुरुषमा बढी संक्रमण भएको पुष्टी !

कोरोना: महिला भन्दा धेरै पुरुषमा बढी संक्रमण भएको पुष्टी !

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी चैत्र १५ । घातक भाईरस कोरोनाले महिलालाई भन्दा धेरै पुरुषमाथि संक्रमण गरेको र पुरुषकै बढी मृत्यु भएको एक अध्ययनले देखाएको छ ।
चीनीया सेन्टर अफ् डिजिज कन्ट्रोलको रिपोर्ट अनुसार कोरोनाले महिलालाई भन्दा धेरै पुरुषलाई खतरा रहेको छ ।
मर्नेहरुमा समेत महिला भन्दा धेरै पुरुष रहेका छन् । चीन, ईटाली, फ्रान्स, जर्मनी, ईरान र दक्षिण कोरीयाका ८८ हजार कोरोना संक्रमित बिरामीहरुमा गरिएको अध्ययन अनुसार उक्त निष्कर्ष निकालिएको हो ।
उक्त बिरामीहरुमा २.८ प्रतिशत पुरुषको मृत्यु भएको थियो भने १.७ प्रतिशत महिलाको मृत्यु भएको थियो । यसै गरी ०.२ प्रतिशत बच्चाको मृत्यु भएको छ ।
ईटालीमा कुल संक्रमित मध्य ६० प्रतिशत पुरुष थिए भने मर्नेहरुको ७० प्रतिशत पुरुष थिए । उता दक्षिण कोरीयामा पनि मर्नेहरुको ५४ प्रतिशत संख्या पुरुषको छ । यस्तै चीनमा ६८ प्रतिशत र ईरानमा ६४ प्रतिशत पुरुष थिए संक्रमित मध्य ।
विषेशज्ञहरुका अनुसार पुरुषले चुरोट, खैनी, मादक पदार्थ र लागू पदार्थ बढी सेवन गर्ने भएका कारण पुरुषको प्रतिरोधी क्षमता घट्ने भएकाले यस्ता भाईरसले बढी आक्रमण गर्ने संभावना हुन्छ । जहाँ महिलाहरु यस्ता पदार्थको सेवन अक्सर कमै गर्दछन् र उनीहरुको रोग प्रतिरोधी क्षमता बढी हुन्छ ।
एक अध्ययन अनुसार ५२ प्रतिशत पुरुष धुम्रपान गर्दछन् भने १२ प्रतिशत महिलाहरु पनि यो सेवन गर्दछन् ।
चीनमा ३६ करोड मानिसहरु धुम्रपान गर्दछन् भने ५० प्रतिशत पुरुषहरु नशा सेवन गर्दछन् जब कि महिला तीन प्रतिशतले मात्रै । यसतै ईटालीमा ७० लाख मानिस चुरोट पिउछन् भने ४० लाख महिलाहरु पनि चुरोट पिउदछन् ।
ईटालीको हेल्थ ईन्सटीच्युटका अनुसार अस्पतालमा भर्ना गरिएका संक्रमित मध्य सिगरेट खाने विरामीहरुलाई निकै कठिनाई भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी