खाद्य उत्पादन तथा आपूर्ति नरोकिने, खाद्यवस्तु आपूर्तिमा समस्या भए तलको नम्बरमा फोन गर्नुहोस्

खाद्य उत्पादन तथा आपूर्ति नरोकिने, खाद्यवस्तु आपूर्तिमा समस्या भए तलको नम्बरमा फोन गर्नुहोस्

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १२ चैत । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिनुभयो ।

महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यवस्तुको उत्पादन तथा आपूर्तिसमेत सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सञ्चालन रहने जानकारी गराइन्छ ।”

आधारभूत खाद्यवस्तुको उत्पादन र आपूर्तिमा समस्या आए कृषि तथा पशुपक्षी मन्त्रालय र पशु सेवा विभागमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले खाद्यवस्तु आपूर्तिमा समस्या भए मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नं ९८४१४०१२८७ र पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माको मोबाइल नं ९८५१०६७३८७ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी